आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानको पोल्टामा

  • पुस ९, २०७९
  • २,३२६ पटक पढिएको
  • छाल खबर
alt

धरान
धरान,९ पुष ः नेपाल पुलिस स्कुल सागा काभ्रेको आयोजनामा भएको आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानले हात पार्न सफल वनेको छ ।

फाइनल खेलमा लिटल एन्जल स्कुल हात्तिवन ललितपुरलाई पराजित गरी नेपाल पुलिस स्कुलले उपाधि हात पार्न सफल वनेको हो ।

police school = 2

नेपाल पुलिस स्कुल सागाको आफ्नै खेल मैदानमा भएको सो प्रतियोगितामा देशभरीका १६ स्कुल सहभागी रहेका थिए ।

सो प्रतियोगितामा नेपाल पुलिस स्कुल भने पहिलो पटक सहभागी वनेको हो । उक्त प्रतियोथिगतामा १६ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी हुने गरेकाछन् ।

प्रतियोगिगतामा म्यान अफ दि म्याच पुलिस स्कुल धरानका टिम क्याप्टेन साहेव मन्सुरी घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता धरान पुलिस स्कुल कै रोहन गुर्मेतालाई घोषित गरीएको थियो ।

मंसिर २१ गते्बाट शुरु भएको सो प्रतियोगिता पुष ८ गते सम्पन्न भएको थियो ।

police school = 3

विजेता नेपाल पुलिस स्कुल धरानलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नगद ५० हजार ट्रफि,मेडल र प्रमाण–पत्र वितरण गरेका थिए ।

पुलिस स्कुल धरानमा खेलाडीलाई भव्य स्वागत तथा वधाई

विजेता खेलाडीहरुलाई नेपाल पुलिस स्कुलले शनिवार एक कार्यक्रमका साथ भव्य स्वागत गरेको छ ।

खेल जितेर शनिवार धरान आइपुगेका खेलाडीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक सुदिप गिरीले खेलाडीलाई खदा र मालाले स्वागत गर्दै वधाई ज्ञापन गरेका थिए ।

खेलाडीहरुलाई प्रोत्साहनको लागि विद्यार्थीहरुले लामवद्ध लागेर स्वागत गरेका थिए ।

खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रम आयोजना गरीएको स्कुल प्रिन्सिपल डिकेन्द्र रायाले वताए

IMG-20221224-WA0004 IMG-20221224-WA0005(1) IMG-20221224-WA0006

 

 

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic