आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानको पोल्टामा

  • पुस ९, २०७९
  • २,२६२ पटक पढिएको
  • छाल खबर
alt

धरान
धरान,९ पुष ः नेपाल पुलिस स्कुल सागा काभ्रेको आयोजनामा भएको आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानले हात पार्न सफल वनेको छ ।

फाइनल खेलमा लिटल एन्जल स्कुल हात्तिवन ललितपुरलाई पराजित गरी नेपाल पुलिस स्कुलले उपाधि हात पार्न सफल वनेको हो ।

police school = 2

नेपाल पुलिस स्कुल सागाको आफ्नै खेल मैदानमा भएको सो प्रतियोगितामा देशभरीका १६ स्कुल सहभागी रहेका थिए ।

सो प्रतियोगितामा नेपाल पुलिस स्कुल भने पहिलो पटक सहभागी वनेको हो । उक्त प्रतियोथिगतामा १६ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी हुने गरेकाछन् ।

प्रतियोगिगतामा म्यान अफ दि म्याच पुलिस स्कुल धरानका टिम क्याप्टेन साहेव मन्सुरी घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता धरान पुलिस स्कुल कै रोहन गुर्मेतालाई घोषित गरीएको थियो ।

मंसिर २१ गते्बाट शुरु भएको सो प्रतियोगिता पुष ८ गते सम्पन्न भएको थियो ।

police school = 3

विजेता नेपाल पुलिस स्कुल धरानलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नगद ५० हजार ट्रफि,मेडल र प्रमाण–पत्र वितरण गरेका थिए ।

पुलिस स्कुल धरानमा खेलाडीलाई भव्य स्वागत तथा वधाई

विजेता खेलाडीहरुलाई नेपाल पुलिस स्कुलले शनिवार एक कार्यक्रमका साथ भव्य स्वागत गरेको छ ।

खेल जितेर शनिवार धरान आइपुगेका खेलाडीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक सुदिप गिरीले खेलाडीलाई खदा र मालाले स्वागत गर्दै वधाई ज्ञापन गरेका थिए ।

खेलाडीहरुलाई प्रोत्साहनको लागि विद्यार्थीहरुले लामवद्ध लागेर स्वागत गरेका थिए ।

खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रम आयोजना गरीएको स्कुल प्रिन्सिपल डिकेन्द्र रायाले वताए

IMG-20221224-WA0004 IMG-20221224-WA0005(1) IMG-20221224-WA0006

 

 

 

 

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic