धरान सिटी कलेजमा दौड प्रतियोगिता सम्पन्न

  • पुस ११, २०७९
  • ८१२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,११ पुष ः धरान सिटी कलेजद्धारा सञ्चालित खेलकुद सप्ताह अन्र्तगत सोमवार दौड प्रतियोगिता सम्पन्न भएको छ ।

सप्ताह अन्र्तगत भएको छात्र तथा छात्रा तर्फको ५ दशमलव ५ किलो मिटर रनमा छात्र तर्फ विएड दोस्रो वर्षका धिरेन तामाङ प्रथम हुन सफल भएका थिए भने विविएस दोस्रो वर्षका दिवस राई दोस्रो भएका थिए । प्रतियोगितामा विविएस दोस्रो वर्षका प्रदिसन जिमि तेस्रो भएका थिए ।

त्यसैगरी छात्रातर्फको ४दशमल ५ किमि दौडमा विविएस चौथो वर्षकी सीमा मगरले प्रथम स्थान ल्याउन सफल वनेकीथिइन भने विविएस प्रथम वर्षकी अरुणा राईले दोस्रो स्थान ल्याएकीथिइन ।

त्यस्तै प्रतियोगितामा विविएस प्रथम वर्षकी सोनिका लिम्वु तेस्रो भएकि थिइन ।

प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरीने कलेजका उपाध्यक्ष तथा सिटी म्याराथन प्रतियोगिताका संयोजक राजेशमान श्रेष्ठले बताए ।

दौड छाताचोकबाट शुरुभई लक्ष्मीचोक जिरोप्याइन्ट,अमरहाट हुदै पृथ्विी चोक,सिंहदेवी चोक ,माछा भौडी, देशीलाईन, भानुचोक हुदै छाता चोकमा पुगेर टुङगिएको थियो ।

विद्यार्थीहरुलाई पढाईका अतिरिक्त शारीरिक व्यायम र शारीरिक तन्दुरुस्तीमा पनि जोडदिनका लागि खेलकुद प्रतियोगिताको आयोजना गरीएको संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् ।

सप्ताहको समापन पुष १४ हुने कलेजका प्रिन्सिपल विसाल श्रेष्ठले जानकारी दिएकाछन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic