धरान सिटी कलेजमा दौड प्रतियोगिता सम्पन्न

  • पुस ११, २०७९
  • ८७४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,११ पुष ः धरान सिटी कलेजद्धारा सञ्चालित खेलकुद सप्ताह अन्र्तगत सोमवार दौड प्रतियोगिता सम्पन्न भएको छ ।

सप्ताह अन्र्तगत भएको छात्र तथा छात्रा तर्फको ५ दशमलव ५ किलो मिटर रनमा छात्र तर्फ विएड दोस्रो वर्षका धिरेन तामाङ प्रथम हुन सफल भएका थिए भने विविएस दोस्रो वर्षका दिवस राई दोस्रो भएका थिए । प्रतियोगितामा विविएस दोस्रो वर्षका प्रदिसन जिमि तेस्रो भएका थिए ।

त्यसैगरी छात्रातर्फको ४दशमल ५ किमि दौडमा विविएस चौथो वर्षकी सीमा मगरले प्रथम स्थान ल्याउन सफल वनेकीथिइन भने विविएस प्रथम वर्षकी अरुणा राईले दोस्रो स्थान ल्याएकीथिइन ।

त्यस्तै प्रतियोगितामा विविएस प्रथम वर्षकी सोनिका लिम्वु तेस्रो भएकि थिइन ।

प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरीने कलेजका उपाध्यक्ष तथा सिटी म्याराथन प्रतियोगिताका संयोजक राजेशमान श्रेष्ठले बताए ।

दौड छाताचोकबाट शुरुभई लक्ष्मीचोक जिरोप्याइन्ट,अमरहाट हुदै पृथ्विी चोक,सिंहदेवी चोक ,माछा भौडी, देशीलाईन, भानुचोक हुदै छाता चोकमा पुगेर टुङगिएको थियो ।

विद्यार्थीहरुलाई पढाईका अतिरिक्त शारीरिक व्यायम र शारीरिक तन्दुरुस्तीमा पनि जोडदिनका लागि खेलकुद प्रतियोगिताको आयोजना गरीएको संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् ।

सप्ताहको समापन पुष १४ हुने कलेजका प्रिन्सिपल विसाल श्रेष्ठले जानकारी दिएकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic