हुलाकी सडकका प्रमुख र पीडितहरुवीच छलफल

  • पुस १५, २०७९
  • ६७६ पटक पढिएको
  • छाल खबर

छाल खवर

धरान,१५ पुष ः विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा देखिएको समस्या समाधानमा सक्रियता देखाउनु भएको छ ।

मेयर कोइरालाको पहलमा हुलाकी सडक कार्यालय इटहरीका प्रमुख विजय थापा र विराटनगर–५ स्थित हुलाकी सडक पीडित स्थानीयलाई एकै ठाउँ राखेर छलफल गर्नु भएको छ ।

केही हप्ताअघि मेयर कोइराला आफैं इटहरीस्थित हुलाकी सडक कार्यालय पुगेर सडक निर्माणका लागि दबाब दिनुभएको थियो ।

उहाँले आफू जनताको प्रतिनिधि भएकाले जनताले दुःख र सास्ती पाएको हेर्न नसक्ने बताउनुभयो । उहाँले हुलाकी सडक निर्माण अलपत्र पारेर ठेकेदार भाग्दा स्थानीय जनताले दुःख पाएको बताउनुभयो ।

हुलाकी सडक कार्यालयका प्रमुख थापाले ठेकेदार सम्पर्कविहीन भएकाले ठेक्का रद्दको प्रक्रियामा गइसकेको जानकारी दिनुभयो ।

उहाँले एकैपटक ठेक्का तोड्न ऐनले नदिने भएकाले प्रक्रियागत रुपमा कार्यालय गइसकेको जानकारी दिनुभयो । प्रमुख थापाले ठेकेदारलाई सम्पर्कमा आउन र नआए ठेक्का रद्द गर्ने सूचना प्रकाशित गरिसकेको बताउनुभयो ।

उहाँले अब छिट्टै अर्को टेण्डर आह्वान गरेर हुलाकी सडक निर्माणलाई गति दिने प्रतिबद्धता जनाउनुभयो । स्थानीयले सडकका कारण आफूहरुले धेरै सास्ती पाएको गुनासो पोखेका थिए ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic