चिरन्जीवि सहकारीमा १ अर्व भन्दा वढीको कारोवार

  • पुस १८, २०७९
  • १,९४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ पुष ः धरान–१३ स्थित चिरन्जीवि वचत तथा ऋण सहकारी संस्था लि.मा वार्षिक रुपमा डेढ अर्व भन्दा वढीको कारोवार गरेकोे छ ।

संस्थाको सोमवार सम्पन्न ११ औं वार्षिक साधारणमा वितरण आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख गरीएको हो ।

संस्थाका अध्यक्ष खेम बहादुर माझीद्धारा प्रस्तुत प्रतिवेदनमा १ अर्व ५५ करोड, २ लाख २३ हजार ७ सय ७९ रुपैयाको कारोवार भएको उल्लेख गरीएको छ ।

संस्थाले २४ लाख ३८ हजार १सय ५५ रुपैया मुनाफा गरेकोे संस्थाका अध्यक्ष माझीले जानकारी गराएकाछन् ।

साधारण सभाको उद्घाटन धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले गरेका थिए ।

काफ्लेले सहकारी भनेको सजिलोमा लौरो दिने र अफ्ठारोमा पर्दा लौरो खोसिदिने वैंक प्रवृति नभएको वताउदै साना साना छरीएर रहेको पूँजीलाई संगठित हुर्दैै वनेको वित्तिय संस्था भएको वताए ।

उनले कोभिडको माहामारीमा पनि सहकारीले वचतकर्ता र शेयर सदस्यहरुलाई कारोवारमा कुनै समस्या हुन नदिएको भन्दै प्रसंशा गरेका थिए ।

सहकारी विधि अनुसार सञ्चालन भएको खण्डमा कुनै समस्यामा नपर्ने दावी समेत गरेका थिए । उनले वडा समितिसंग सहकार्य गर्न चाहेको खण्डमा आफूहरु सहकार्य गरेर काम गर्न तप्पर रहेको वताएका थिए । उनले कोविडको माहामारी देखि अन्य वडाका कामहरुमा समेत चिरन्जीवि सहकारीसंग सहकार्य गरेर काम गरेको स्मरण गर्र्दै फेरीपनि सहकार्य गरेर अघि वढन चाहेको वताएका थिए ।

कार्यक्रममा वोल्दै पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राईले चिरन्जीवि सहकारीले वित्तिय क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।

संस्थासंग सहकार्य गरेर काम गर्न आफूहरु तयार रहेको वताउदै सामाजिक कार्यमा आफूहरु पनि सहभागी हुने उल्लेख गरेका थिए ।

पत्रकार महासंघका सल्लाहकार सन्तोष काफ्लेले संस्थाले गरेको आर्थिक तथा सामाजिक कामको प्रसंशा गरेका थिए ।

त्यसैगरी पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठले सहकारी क्षेत्रले समाजमा गरेको योगदानको चर्चा गरेका थिए ।

संचारकर्मी सम्मानीत

chiranjbi

चिरन्जीवि वचत तथा ऋण सहकारी संस्था लि. ले ११ औं वार्षिक साधारण सभामा पत्रकारीता मार्फत समाजका योगदान गरेको भन्दै पत्रकार गोविन्द वस्नेतलाई सम्मान गरेको छ ।

वस्नेतलाई संस्थाले नगद १० हजार सहित प्रमाण पत्र र खदा लगाएर सम्मान गरीएको हो ।

वस्नेतलाई कार्यक्रमका प्रमख अतिथि नेत्रप्रसाद काफ्लेले प्रमाण र र खदा लगाएर सम्मान गरेका थिए ।
वस्नेत धरानबाट प्रकाशित कोशीपत्र दैनिकका कार्यकारी सम्पादक, हिमशिखर टेलिभिजनका सुनसरी संवाददाता तथा धरान साप्ताहिकका कार्यकारी सम्पादक हुन ।

वस्नेत नेपाल पत्रकार महासंघका प्रदेश सभाषद हुन भने सुनसरी शाखाका पूर्व कोषाध्यक्ष समेत हुन ।

 

 

 

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic