नबोदय प्लस टु युएन कलेजद्धारा आविष्कार केन्द्रलाई सहयोग

  • पुस १९, २०७९
  • ६०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ पुष ः धरान स्थित नबोदय प्लस टुु यु एन कलेजले राष्ट्रिय आबिष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।

यु.एन. कलेज बिज्ञान संकायका ११ र १२ कक्षामा अध्यनरत ५० जना बिधार्थीको भ्रमण टोली संयोजक प्राध्यापक तथा यु एन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बुले आबिष्कार केन्द्रमै पुगरे केन्द्रका अध्यक्ष डा. महाबिर पुनलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन ।

un und यु एन कलेजका प्राध्यापक तथा यु एन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बु, बिज्ञान संकायका को–अर्डिनेटर आकास अधिकारी लगायत ५० जना बिद्यार्थीहरुलाई आविष्कार केन्द्रका प्रबिन बोहरा र सौरबसिंह चौधरीले केन्द्रले गरिरहेको कामको बारेमा जानकारी दिएका थिए ।

कलेजका बिधार्थीहरु दिपेन भण्डारी, सेबिका राई, सुसान जिमी अंसु लिम्बु लगायतले आबिष्कार केन्द्रको बारेमा जिज्ञासा राखेका थिए ।

विद्यार्थीहरुको वारेमा केन्द्रका अध्यक्ष डा.महावीर पुनले आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग जुटेको वताए । उनले वैज्ञानिक खोज अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको जानकारी दिए ।

बिद्यार्थीसँगको अन्तरक्रियामा केन्द्रका अध्यक्ष पुनले विभिन्न वस्तुको आविष्कार गरेर उत्पादन बढाउनुपर्ने र त्यसबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका थिए ।

नेपालमा आविष्कारलाई प्रोत्साहन गर्न र नयाँ आविष्कारका लागि नविन सोच र योजना भएकाहरुलाई काम गर्ने ठाउँका साथै पुँजी, प्रविधि र प्रोत्साहन दिने काम आविष्कार केन्द्रले गर्ने बताए ।

पुनले इनोभेसन गर्नेहरु देशका लागि बहुमुल्य पुँजी भएकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म गरेका सबै काम जनताले स्वेच्छिक रूपमा गरेको आर्थिक सहयोगबाट नै सम्पन्न भएको बताए ।

un 3rd

कलेजका विज्ञान संकायका संयोजक आकाश अधिकारीले यो शैक्षिक फिल्ड भ्रमण अत्यन्तै फलदायि रहेको बताउँदै अगामि दिनमा यस्ता शैक्षिक भ्रमणहरुले बिधार्थीहरुको अध्यापनमा सहयोग पुग्ने बताए ।

कलेजका प्राध्यापक तथा युएन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बुले भ्रमणले बिधार्थीमा थप उल्साहको संञ्चार भएको वताए ।

कलेजले स्थापना काल देखि नै विभिन्न अनाथ आश्रम, वाल आश्रम,वृदा आश्रम,सडक वाल वालीका देखि सामाजिक अभियान्ता गीभीना मगरसम्मलाई सहयोग गर्दै आएकोमा यस पटक भने आविष्कार केन्द्रसँग पनि जोडिन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता समाज हितको कार्यमा कलेजको सहयोग निरन्तर रहने वताए ।

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic