पाचौं आङवुरा कप पुष २६ गतेबाट शुरु हुने टुर्वोग वियरबाट प्रायोजन

  • पुस १९, २०७९
  • २,३९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान१९ पुष ःसंखुवासभाको धर्मदेवी नगरपालिका वडा नं. ७ मा आयोजना हुदै आएको आङवुरा कपको पाचौ संस्करणमा महिला तथा पुरुष खेलाडी गरी १६ टिमले प्रतिष्पर्धा गर्ने भएकाछन् ।

आयोजक न्यू युवा क्लवद्धारा आयोजना हुदै आएको सो फुटवल प्रतियोगितमा महिला तथा पुरुष गरी १६ टिमले सहभागीता जनाउने भएका हुन ।

प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ४ टिम गरी १६ टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्ने प्रतियोगिता संयोजक फडिन्द्र जिमिले जानकारी दिएकाछन् ।

आयोजकका अनुसार प्रतियोगितामा पुरुषतर्फ आयोजक न्यु युवा क्लव धर्मदेवी ७, रियल लसुने क्लव तेह्थुम,पञ्चकन्या युवा क्लव कुन्ताङ, दाजुभाई स्र्पोटिङ क्लव उर्लावारी मोरङ,नाइन स्टार क्लव मुड्शनिश्चरे,न्यु सयपत्रि युवा क्लव धर्मदेवी ९, हाङथुम क्लव मादी मुलखर्क,धर्मदेवी युथ क्लव होमवोङ,खादवारी युथ क्लव खादवारी,चेवा सामुदायिक विकास क्लव, खादवारी २, किरण ज्योति युवा क्लव चैनपुर १० र मिरमिरे युवा क्लव तामाफोकले प्रतिपष्र्धा गर्नेछन् ।

त्यसैगरी महिला टिमतर्फ आयोजक न्यु युवा क्लव धर्मदेवी ७,न्यु सयपत्रि युवा क्लव मुलगाउ, डाडागाउँ सकृय क्लव डाडागाउ र याक्खा चोक युवा समूह मामलिङले सहभागीता जनाउने आयोजकले जनाएको छ ।

संयोजक जिमिका अनुसार प्रतियोगितामा पुरुषतर्फ विजेता हुने टिमले १ लाख १ हजार १ सय ५ रुपैया नगद र ट्रफि मेडल प्राप्त गर्नेछन भने उपविजेत टिमले ५१ हजार १ सय ५ रुपैया नगद साथै ट्रफि मेडल हात पार्नेछन् ।

महिलातर्फ भने विजेता हुने टिमले २० हजार १ सय ५ रुपैया नगद ट्रफि मेडल हात पार्नेछन् भने १२ हजार १ सय ५ रुपैया नगद र ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगितामा व्यक्तिगत विधामा उत्कृष्ट गोलकिर,उत्कष्ट डिफेण्डर, उष्कृष्ट मिडफिल्डर,उत्कृष्ट फरवार्ड, सर्वोकृष्ट गोलकर्ता, सर्वोकृष्ट खेलाडी समेतलाई जनही २ हजारका दरले पुरस्कार प्रदान गरीने छ । प्रत्येक खेलमा म्यान अफ दि म्याचको व्यवस्था रहेको छ ।

प्रतियोगिता पुष २६ गते उद्घाटन भई माघ १ गते समापन हुने आयोजकले जनाएको छ ।

उद्घाटन समारोहमा विभिन्न जातिहरुको सास्कृतिक झाकी (लाखे नाच,डोकेनी नाच, मारुनी नृत्य, साथै च्याव्रुङ नाच समेत प्रर्दशनी हुने आयोजक समितिका संयोजक फडिन्द्र जिमिले जानकारी दिएकाछन् ।

युवाहरुलाई खेलक्षेत्रमा प्रोत्साहन गर्नको लागि तथा स्थानीय क्षेत्रलाई खेलकुदको माध्यमबाट पहिचान गराउनको लागि प्रतियोगितालाई निरन्तर आयोजना गर्दै आएको संयोजक जिमिको भनाई रहेको छ ।

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic