मिलेर अघि वढन प्रतिनिधि सभाका माननीय अशोक राईको सुझाव

  • पुस २०, २०७९
  • २,३३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २० पुषः सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय अशोक कुमार राईले धरानको विकासका लागि मिलेर अघि वढन सुझाव दिएकाछन् ।

बुधवारबाट शुरु भएको १ सय २१औं स्थापना दिवसका अवसरमा आयोजित तीन दिने धरान उत्सवको उद्घाटन गर्दै राईले सो कुरा वताएका हुन् ।

dharan utsab photo.jpg = 2

कार्यक्रममा वोल्दै राईले निर्वाचन परिणाम लोकतान्त्रिक विधि मात्र भएको र वढी मत ल्याउनेलाई कामको जिम्मेवारी हुने मात्र भएको वताउदै समाज विकासका लागि सवैको उत्तिकै दायित्व भएको उल्लेख गरेका थिए ।

धरानको विकासका लागि आफूले सक्दो पहल गर्ने वताउदै सुनसरी क्षेत्र नं १ को विकासका लागि काम गर्ने जिम्मेवारी आफूले पाएको मात्र दावी गरे ।

dharan utsab photo.jpg = 3

उनले कुनै पनि विकास एक्लै गरेर संभव नहुने वताउदै सवै एक भएर अघि वढनु पर्नेमा जोड दिएका छन् ।

त्यसैगरी सुनसरी क्षेत्र नं १ क का प्रदेश सभा सदस्य माननीय रमेश कुमार वस्नेतले धरानको विकासका लागि सवै एक भएर अघि वढनुपर्नेमा जोडदिएका थिए ।

त्यसैगरी कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका धरान नगर सभापति श्याम पोख्रेलले धरानको विकासका लागि सवैको सहकार्य अपरीहार्य रहेको वताए ।

पव्लिक हाइस्कुलको मैदानमा शुरु भएको तीन दिने धरान उत्सवमा विभिन्न परिकारका सामाग्रीहरुको स्टल तथा औद्योगिक सामाग्रीहरुको स्टल राखिएको छ ।

धरान उत्सवका अवसरमा स्थानीय जातीय संघ संस्था, विद्यालय, खेलकुदका संघसंस्था र्यालीमा सहभागी छन् ।

k k school

धरान ७ को स्व. भुपेन्द्र राज मोक्तान स्मृती जेष्ठ नागरिक पार्क धरान डे को अवसरमा मेयर हर्क साम्पाङ्गबाट उद्घाटन भएको थियो ।

dharan day ist

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic