साँगुरीगढी गाउँपालिकाद्धारा गरिव परिचय पत्र वितरण

  • पुस २२, २०७९
  • १,७३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ पुष ः साँगुरीगढी गाउँपालिकाले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सूचिकृत गरेको घरधुरीलाई गरिव परिचय पत्र वितरण कार्य प्रारम्भ गरेको छ ।

शुक्रवार आयोजित एक कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई र प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर लगायत कर्मचारीहरुको टोलीले संयुक्त रुपमा परिचयपत्र वितरण कार्य प्रारम्भ गरेका हुन ।

saguri gadi = 2 वडा नंं ७ को वडा कार्यालयमा आयोजित एक कार्यक्र शुरु गरेता पनि अन्य वडामा कर्मचारीको टोलिले परिचय पत्र वितरण गरिरहेको गाउपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिएकाछन् ।

गाउपालिका अध्यक्ष रुम्दालीका अनुसार साँगुरीगढी गाउँपालिका भरि गरिव परिवारमा सूचिकृतको संख्या ३ सय ६५ रहेको छ ।

राईका अनुसार परिचय पत्रलाई तीन प्रकारमा विभाजन गरिएको छ जसमा अति गरिव परिचय पत्रको रंग रातो, मध्यम गरिव परिचय पत्रको रंग पहेलो र सामान्य गरिव परिचय पत्रको रंग निलो रहेको छ ।

सुचिकृत परिवारको संख्यामा सागुरीगढीमा अति गरिव परिवारमा सुचिकृत परिवार संख्या ६७, मध्यम गरिव परिवारमा सुचिकृत १ सय ६२ र सामान्य गरिव परिवारमा सूचिकृत १ सय ३६ जना रहेका छन् । परिचय पत्रको समयवधि ५ वर्षको रहेको छ ।

सरकारले तीन प्रकारको परिचय वितरण गरेता पनि उनीहरुले प्राप्त गर्ने सेवा सुविधा के के रहने र कति समयमा कार्यान्वयन गर्ने भन्ने स्पष्ट हुन सकेको छैन ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic