साँगुरीगढी गाउँपालिकाद्धारा गरिव परिचय पत्र वितरण

  • पुस २२, २०७९
  • १,६९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ पुष ः साँगुरीगढी गाउँपालिकाले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सूचिकृत गरेको घरधुरीलाई गरिव परिचय पत्र वितरण कार्य प्रारम्भ गरेको छ ।

शुक्रवार आयोजित एक कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई र प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर लगायत कर्मचारीहरुको टोलीले संयुक्त रुपमा परिचयपत्र वितरण कार्य प्रारम्भ गरेका हुन ।

saguri gadi = 2 वडा नंं ७ को वडा कार्यालयमा आयोजित एक कार्यक्र शुरु गरेता पनि अन्य वडामा कर्मचारीको टोलिले परिचय पत्र वितरण गरिरहेको गाउपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिएकाछन् ।

गाउपालिका अध्यक्ष रुम्दालीका अनुसार साँगुरीगढी गाउँपालिका भरि गरिव परिवारमा सूचिकृतको संख्या ३ सय ६५ रहेको छ ।

राईका अनुसार परिचय पत्रलाई तीन प्रकारमा विभाजन गरिएको छ जसमा अति गरिव परिचय पत्रको रंग रातो, मध्यम गरिव परिचय पत्रको रंग पहेलो र सामान्य गरिव परिचय पत्रको रंग निलो रहेको छ ।

सुचिकृत परिवारको संख्यामा सागुरीगढीमा अति गरिव परिवारमा सुचिकृत परिवार संख्या ६७, मध्यम गरिव परिवारमा सुचिकृत १ सय ६२ र सामान्य गरिव परिवारमा सूचिकृत १ सय ३६ जना रहेका छन् । परिचय पत्रको समयवधि ५ वर्षको रहेको छ ।

सरकारले तीन प्रकारको परिचय वितरण गरेता पनि उनीहरुले प्राप्त गर्ने सेवा सुविधा के के रहने र कति समयमा कार्यान्वयन गर्ने भन्ने स्पष्ट हुन सकेको छैन ।

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic