प्रदेश सभाको दोस्रो बैंठक आज बसिदै

  • पुस २६, २०७९
  • ६१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर

विराटनगर, २६ पुष ः प्रदेश न. १ प्रदेश सभाको दोस्रो बैंठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । आजको बैठकले सभामुखको निर्वाचत मिति तोक्ने छ । आइतबार बसेको सर्वदलीय बैंठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो ।

उपसभामुखको निर्वाचन पुस ३० गते हुनेछ । आजको प्रदेश सभा बैठकले मिति तोक्नेछ । सभामुखको निर्वाचन कार्यतालिका आज नै सार्वजनिक गरी मनोनयन पनि आज नै गर्ने तयारी छ ।

सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । एमालेबाट संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । सभामुखको उम्मेदवार छनोट गर्न माओवादी केन्द्रलाई सकस परेको छ ।

सभामुखको उम्मेदवारको नाम टुङ्गो लगाउन आज बैठक बस्ने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । माओवादीबाट उदयपुरका सांसद नारायण बुर्जामगर, ओखलढुंगाका सांसद बाबुराम गौतम र मोरङकी गीता तिम्सिना सभामुखको दाबेदार रहेका छन् । संखुवासभाबाट निर्वाचित सांसद राजेन्द्र कार्की पनि सभामुखको दाबेदार हुन् ।

ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बस्ने आजको प्रदेशसभा बैठकमा सरकार गठन सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र बाचन गरेर सुनाउने कार्यसूची छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic