प्रदेश एकमा १३ मन्त्रालयबाट ९ मा कायम हुने  प्रदेश खबर

  • पुस २६, २०७९
  • ४६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर

विराटनगर,२६ पुष ः प्रदेशको संरचना राजनीतिक भर्तिकेन्द्र मात्रै बन्यो, यसलाई खारेज वा परिमार्जन गर्नुपर्छ भन्ने आवाज उठिरहेको बेलामा प्रदेश १ मा बनेको नयाँ सरकारले नेतृत्वप्रति आशा जगाउने पहिलो निर्णय गरेको छ ।

प्रदेशको चौथो मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले विद्यमान मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए ।

उनका अनुसार मन्त्रालय र मन्त्री धेरै भयो भन्ने गुनासो सम्बोधनका लागि पनि मन्त्रालयको संख्या घटाउने निर्णय गरिएको हो । यसअघि प्रदेश १ सुरूमा ७ वटा मन्त्रालय थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धन बनेपछि मन्त्रालय संख्या बढाएर १३ सम्म पुयार्एको थियो ।

मन्त्रिपरिषद बैठकले सेवा प्रवाहको अवस्था सुधार गर्न प्रशासन सुधार कार्यदल गठन गर्ने, शीतलहरबाट जोगिन पूर्वतयारी गर्ने लगायतका निर्णय पनि गरेको मन्त्री सिटौलाले जानकारी दिए ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic