सुनसरी उद्योग वाणिज्य सङ्घद्वारा उद्योगी र पत्रकार सम्मानित

  • पुस ३०, २०७९
  • ३,८०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० पुष ः सुनसरी उद्योग वाणिज्य सङ्घ धरानले आफ्नो ३९ औँ वार्षिक साधारण सभाको अवसरमा उद्योगी र दुई सञ्चारकर्मीलाई सम्मानीत साथै पुरस्कृत गरेको छ ।

पत्रकारीता क्षेत्रबाट आर्थिक एवं पर्यटन सम्बन्धी चलाएर योगदान गरेको भन्दै दुइ सञ्चारकर्मीलाई सम्मान एवम् पुरस्कृत गरेको हो ।

govinda and bhairab

पुरस्कृत हुने सञ्चारकर्मीहरुमा विगत दुइ दशक लामो समयदेखि पत्रकारीता गर्दै आउनु भएका भैरव आङला लिम्बू र गोविन्द बस्नेत छन् ।

सुनसरीको पत्रकारितामा क्रियाशील पत्रकारद्वय छापा माध्यम, टेलिभिजन, रेडियो र अनलाइन पत्रकारितामा संलग्न रहँदै आएका छन् ।

संघले आङलालाई आर्थिक समाचारमा योगदान गर्दै आएकोमा पुरस्कृत गरेको थियो भने बस्नेतलाई पर्यटन सम्बन्धी समाचार लेखेर योगदान गरेको भन्र्दै पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्ष तथा सुनसरी जिल्ला विकास समन्वय समितिका अध्यक्ष राजन मेहताले जनही १०÷१० हजार रुपैयाँ सहित ताम्रपत्रले सम्मान गरेका थिए ।

विगत एक दशक लामो समयदेखि सुनसरी उद्योग वाणिज्य सङ्घले वार्षिक साधराण सभाको दुई जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

uba 10

पत्रकारीता क्षेत्रबाट योगदान गर्नेहरुको मुल्याङकन गर्नको लागि र प्रोत्साहन गर्नको लागि पुरस्कृत गर्दै आएको संघका अध्यक्ष विजय श्रेष्ठको भनाई रहेको छ ।

संघले सोही साधारणका अवसरमा जिल्लाका पुराना तथा हालसम्म निरन्तर व्यापार व्यवसायमा क्रियाशील दीर्घकालीन एक उद्योगी, एक व्यवसायीलाई दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गर्दै सम्मानित गरेको छ ।

त्यस्तै उद्योगमा महिला रोजगारलाई प्राथमिकता दिएकोमा एक उद्योगलाई सम्मानित गरेको छ ।सम्मानित हुने उद्योगीमा पुराना धराने सुरेशकुमार शर्मा छन् ।

धरान–२ स्थित गोपाल किराना स्टोरका सञ्चालक राजकुमार अटललाई धरानका पुराना व्यवसायीका रूपमा सम्मानित गरिएको छ ।

गोपाल किराना स्टोर धरानबाट पूर्वी पहाडमा भरीयाद्वारा सामान ढुवानी गरिने समय देखी किराना मनिहारीका थोक विक्रेता हो। पछिल्लो समय खाद्यान्नको व्यापार थप गरी व्यवसायलाई निरन्तरता दिदैं आएको छ ।

यसैगरी साधारण सभाको अवसरमा सुनसरीको खनार स्थित लायन्स स्पिनिङ एण्ड विभिङ मिल्सलाई महिलाहरूलाई रोजगारीमा प्राथमिकता दिएकोमा सम्मानित गरेको छ ।

तेस्रो मुलुकमा धागो निर्यात गर्ने उक्त उद्योगमा कार्यरत ४ हजार श्रमिकमा महिला श्रमिकको सङ्ख्या १५ सय ५० जना रहेको छ।

uba

यसबाट महिलालाई रोजगारी दिने उद्योगमा लायन्स अग्रणी रहेकोले सम्मानित गरिएको हो । सम्मान कार्यक्रमको सभापतित्व सङ्घका अध्यक्ष विजय श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि मेहताले राज्यसत्ताको नेतृत्व गर्नेहरु भिजन मिसन भएको र काम गर्ने इच्छा शक्ति भएकाहरु पुग्नु पर्नेमा जो्ड दिएका थिए । नेतृत्व क्षमता नभएका र काम गर्ने इच्छाशक्ति नभएका व्यक्तिहरु पुग्दा जनताका समस्या जहाको त्याहा भएको वताए ।

उनले आफु दुइ दशक अघि धरानमा पढन वस्दा पनि खानेपानी समस्या रहेको अनुभव गरेको वताउदै अहिले पनि त्यो समस्या ज्यूका त्यू हुनु भएको यहाको नेतृत्व गर्नेहरुको समस्या समाधान गर्ने इच्छाशक्ति नभएको वताएका थिए ।

त्यसैगरी विशेष अतिथि उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले महासङ्घमा ठुला व्यापारी, बैंकरहरुको प्रभुत्व रहेकाले साना व्यापारीको हितमा काम हुन नसकेको वताएका थिए ।

उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठले जिल्ला जिल्लाबाट प्रत्यक्ष निर्वाचित महासंघको नेतृत्व नभएकोले साना व्यवसायी मारमा परेको वताए ।

आफ्नो स्वार्थ अनुकुलको विधान वनाएको भन्दै प्रत्यक्ष निर्वाचित अध्यक्ष भएमात्र साना व्यवासायीको पक्षमा काम गर्ने भएकोले तत्काल विधान संशोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

सङ्घका अध्यक्ष विजय श्रेष्ठले औद्योगिक पूर्वाधारका लागि सडकको विकाश आवश्यक रहेको भन्दै धरानमा औद्योगिक क्षेत्रको विस्तार पनि जरुरी भैसकेको बताए ।

श्रेष्ठले धरान औद्योगिक क्षेत्रलाई रेडियो नेपालको खाली रहेको जग्गामा विस्तार गर्ने पहल उद्योग वाणिज्य सङ्घले गरिरहेको जानकारी समेत गराएका थिए ।

धरान औद्योगिक क्षेत्रमा थपिने नयाँ उद्योगहरूका लागि जग्गाको अभाव भएकाले रेडियो नेपालको खाली जग्गामा विस्तार गर्न उद्योग वाणिज्य आपूर्ति मन्त्रालय र सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाइ पहल सुरु गरेको थप जानकारी गराएका थिए ।

सभामा इनरुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्र साह, त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइली, नेकपा एमालेका धरान नगर अध्यक्ष हर्कजंग एभेङले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

महासचिव महेन्द्र प्रधानले आर्थिक सहित महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

 

पुस्तकालयलाई धरान खेलकुद मञ्चद्वारा नगद र पुस्तक स

छाल खवर धरान,१५ मंसिर ःधरान खेलकुद मञ्चले साकेला पुस्तकालाई १०० थान पुस्तक ...

बालाहाङ सुनाहाङ किरात राई उत्थान समाजको ९ औ वार्षि

बालाहाङ सुनाहाङ किरात राई उत्थान समाजको ९ औ वार्षिक साधारण सभा तथा अग्रज श् ...

विष्णुका विद्यार्थीद्धारा ज्ञानचक्षुका विद्यार्थी

छाल खवर धरान,१४ मंसिर ः सवैले मिलेर काम ग¥यो भने सानो सहयोगबाट पनि ठूलो ...

शिक्षासेवी घिमिरेद्धारा वुवाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१४ः शिक्षासेवी युवा व्यवसायी सुरेन्द्र घिमिरेले आफ्ना वुवा स्व ...

हिविसकसका विद्यार्थीहरुद्धारा अपाङ्ग गृहलाई सहयोग

छाल खवर धरान,१३ मंसिरः हिबिस्कस इङलिस वोडिड. स्कुलका विद्याथीहरुले आफ्नो खा ...

हिविसकस वोडिङ स्कुलमा वादविवाद प्रतियोगिता सम्पन्न

छाल खवर धरान,७ मंसिरः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ मा अन्तर क्ला ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic