गोधुली फुटवलमा ५ नं वडाको विजयी शुरुवात

  • पुस ३०, २०७९
  • ५०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० पुषः धरानमा शनिवारबाट सुरु भएको २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा ५ नं. वडाले विजयी सुरुवात गरेको छ ।

५ नं. वडाले गत संस्करणको फाइनललिष्ट टोली १३ नं.वडालाई २–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

प्रतियोगिताको उपाधी दाबेदार मानिएको १३ नं.वडा पहिलो खेलमा पराजित भएसँग प्रतियोगिताबाट बाहिरिएको छ ।
वडा नं. ५ का लागी साजन लिम्बूले दुवै गोल गरेका थिए ।

उनले खेलको १८ औं मिनेट र दोस्रो हाफको २५ औं मिनेटमा गोल गरेका थिए .


लिम्वु खेलको म्यान अफ द म्याच समेत घोषित भएसँगै नगद १५ सय सहित मेडल पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

भोलीको खेल दिउसो ठिक ३ बजे धरान–१४ र धरान–२ बिच हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिएकाछन् ।

गोधुलीले निरन्तर रुपमा प्रतियोगिता गराउदै आएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic