हराईजन क्लब धरानको अध्यक्षमा श्रीभक्त राई निर्वाचित

  • माघ १, २०७९
  • १,१६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ माघ ः हराइजन बास्केटबल क्लबको अध्यक्षमा श्रीभक्त राई सर्वसम्मत चयन भएका छन् ।शनिवार भएको क्लबको अधिवेशनलाई राईलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

हराइजन नेपालकै बास्केटबल खेलमा काठमान्डु उपत्यका बाहिर राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने पहिलो क्लब हो ।photo = 3

क्लबको शनिवार सम्पन्न तेस्रो अधिवेशनले राईको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा पुष्पा राई र पञ्चकला राई, सचिवमा सूर्यकुमार सुनुवार, सहसचिवमा विशाल राई, कोषाध्यक्षमा सुबिक्षा राई चयन भएका छन् ।

सदस्यहरूमा रिमला राई, रबिन राई, तीर्थ विश्वकर्मा, युवराज राई र रोशन राई रहेका छन् ।

अधिवेशनमा धरान वडा–१७ का अध्यक्ष मनोज भट्टराईको प्रमुख अतिथि थिए । उनले धरानमा हराईजन क्लब र बास्केटबल खेल पर्यायवाची शब्द जस्तो भइसकेको बताए ।

क्लबका संस्थापक नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकरिषि राईले हराईजन क्लब २०६९ सालमा स्थापना देखी नै राष्ट्रिय स्तरको बास्केटबल प्रतियोगिता, सामाजिक गतिविधिहरू गर्दै आएको बताए ।

क्लबका सल्लाहकारद्वय मच्छिन्द्र राई र चन्द्र बहादुर मगरले पनि क्लबको गतिविधि प्रशंसा योग्य रहेको बताउँदै शुभकामना प्रकट गरेका थिए ।

धरान(१७ स्थित घोपा माविका अग्रज शिक्षक सुनिल यादव पाँच सदस्य निर्वाचन समितिका प्रमुख आयुक्त थिए । अधिवेशन सञ्चालन तथा सहजीकरण क्लबका सचिव सूर्य कुमार सुनुवारले गरेका थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic