धनकुटामा हुने प्रादेशिक महोत्सवको तयारी तीव्र

  • माघ १, २०७९
  • ११८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ माघ ःधनकुटामा माघ ६ देखि १६ गतेसम्म टुँडिखेलमा हुन गइरहेको पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा रहेको आयोजकले जानकारी दिएको छ ।

आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले तयारी र कार्यक्रमका बारेमा जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवका लागि स्टल पूरा हुने चरणमा रहेको जानकारी दिए ।

माग धेरै आएकाले महोत्सवमा राख्न लागिएको एक सय ५० स्टलमा थप ३० स्टल थपिएको राईले जानकारी दिए । महोत्सवमा काठमाडौँका ५०, तराईका १५ वटा र अन्य एक सय ३७ उत्पादनमूलक र अन्य विभिन्न क्षेत्रका स्टल रहने उनले जानकारी दिए ।

दैनिक विभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’बाट गरिने तय भएको सङ्घका उपाध्यक्ष तारा तितुङले जानकारी दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समापन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । महोत्सवमा रु पाँच करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिएको छ ।

राससबाट

 

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic