धनकुटामा हुने प्रादेशिक महोत्सवको तयारी तीव्र

  • माघ १, २०७९
  • १६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ माघ ःधनकुटामा माघ ६ देखि १६ गतेसम्म टुँडिखेलमा हुन गइरहेको पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा रहेको आयोजकले जानकारी दिएको छ ।

आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले तयारी र कार्यक्रमका बारेमा जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवका लागि स्टल पूरा हुने चरणमा रहेको जानकारी दिए ।

माग धेरै आएकाले महोत्सवमा राख्न लागिएको एक सय ५० स्टलमा थप ३० स्टल थपिएको राईले जानकारी दिए । महोत्सवमा काठमाडौँका ५०, तराईका १५ वटा र अन्य एक सय ३७ उत्पादनमूलक र अन्य विभिन्न क्षेत्रका स्टल रहने उनले जानकारी दिए ।

दैनिक विभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’बाट गरिने तय भएको सङ्घका उपाध्यक्ष तारा तितुङले जानकारी दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समापन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । महोत्सवमा रु पाँच करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिएको छ ।

राससबाट

 

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic