महासंघ सुनसरी शाखामा शोक पुस्तिका

  • माघ २, २०७९
  • ७७४ पटक पढिएको
  • छाल खबर
alt

पोखरामा भएको जहाज दुर्घटनामा परी निधन भएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल

छाल खवर
काठमाडौं,२ माघ ः नेपाल पत्रकार महासङ्घका केन्द्रीय समितिले केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएकोमा सोमवारदेखी १३ दिनसम्म शोक मनाउने भएको छ ।

पोखरा उडानमा रहेको नाइनएन एटिआर–७२ जहाज अवतरणको क्रममा हिजो पोखरामा भएको दुर्घटनामा ७२ जना सहित नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएकोमा महासङ्घले सोमवार देखी १३ दिन सम्म शोक मनाउने भएको हो ।

महासङ्घका केन्द्रीय, प्रदेश, जिल्ला सबै कार्यालयहरू बन्द गरी १३ दिन सम्म शोक सभा बाहेक अन्य कुनै पनि औपचारिक कार्यक्रम नगरी शोक मनाउने भएको हो ।

तेह्र दिन सम्म महासङ्घको कार्यालयमा शोक पुस्तिका राखिने निर्णय अनुसार सुनसरीमा धरान–१३ अमर हाट स्थित पत्रकार महासङ्घको कार्यालयमा शोक पुस्तिका राखिएको छ ।

दुर्घटनामा निधन भएका महासंघ केन्द्रीय सदस्य ३७ वर्षीय पौडेल पोखराबाट प्रकाशित हुने ुहटलाइनु दैनिकका प्रकाशकरसम्पादक थिए । उनले अन्नपूर्ण एफएम र नेपाल टेलिभिजनमा रहेर पनि पत्रकारिता गरेका थिए । पत्रकार महासङ्घको २६ महाधिवेशनबाट पौडेल केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

उनी महासङ्घको गण्डकी प्रदेश समितिका पहिलो अध्यक्ष, कास्की शाखाका उपाध्यक्ष तथा त्यसअघि दुई पटक शाखा सचिव रहेर महासङ्घमा संलग्न थिए ।

महासंघ केन्द्रीय कार्यालयले शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा निधन भएका पौडेल सहित सबैको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic