एमालेलेमा मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

  • माघ ३, २०७९
  • १,९४४ पटक पढिएको
  • छाल खबर
alt

काठमाडौं । नेकपा एमालेले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । कसलाई मन्त्री बनाउने भन्ने विषयमाअध्यक्ष ओली आफैले निर्णय लिनेछन् ।

महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालले ओलीलाई मन्त्री छान्न सहयोग गर्ने एमाले स्रोतले बताएको छ ।

एमालेले दुई पटक सांसद भइसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर मन्त्री बनाउने भएको छ । आज हुने मन्त्रिपरिषद् विस्तारमा एमालेका तर्फबाट पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारी मन्त्री हुने सम्भावना रहेको एमाले स्रोतले बताएको छ । किरण साह राज्यमन्त्री हुने सम्भावना प्रवल रहेको स्रोतले भन्यो ।

पर्साका राजकुमार गुप्ता पनि राज्यमन्त्रीको चर्चामा छन् । तर, उनको नाम पछिल्लो समय फौजदारी घटनामा जोडिएकाले यसैपटक मन्त्री हुने सम्भावना कम भएको एमाले स्रोतको दाबी छ । मन्त्री हुन लागेका गिरी पर्वत, चौधरी सुनसरी, उप्रेती सर्लाही र अधिकारी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । साह रौतहटबाट स्वतन्त्रबाट जितेर एमाले प्रवेश गरेका थिए ।

एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री भइसकेका छन् । एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने सत्तासाझेदार दलहरुबीच सहमति भएको छ । शपथ दिउँसो १ बजे हुने कार्यक्रम तय गरिएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic