एमालेलेमा मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

  • माघ ३, २०७९
  • २,०१५ पटक पढिएको
  • छाल खबर
alt

काठमाडौं । नेकपा एमालेले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । कसलाई मन्त्री बनाउने भन्ने विषयमाअध्यक्ष ओली आफैले निर्णय लिनेछन् ।

महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालले ओलीलाई मन्त्री छान्न सहयोग गर्ने एमाले स्रोतले बताएको छ ।

एमालेले दुई पटक सांसद भइसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर मन्त्री बनाउने भएको छ । आज हुने मन्त्रिपरिषद् विस्तारमा एमालेका तर्फबाट पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारी मन्त्री हुने सम्भावना रहेको एमाले स्रोतले बताएको छ । किरण साह राज्यमन्त्री हुने सम्भावना प्रवल रहेको स्रोतले भन्यो ।

पर्साका राजकुमार गुप्ता पनि राज्यमन्त्रीको चर्चामा छन् । तर, उनको नाम पछिल्लो समय फौजदारी घटनामा जोडिएकाले यसैपटक मन्त्री हुने सम्भावना कम भएको एमाले स्रोतको दाबी छ । मन्त्री हुन लागेका गिरी पर्वत, चौधरी सुनसरी, उप्रेती सर्लाही र अधिकारी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । साह रौतहटबाट स्वतन्त्रबाट जितेर एमाले प्रवेश गरेका थिए ।

एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री भइसकेका छन् । एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने सत्तासाझेदार दलहरुबीच सहमति भएको छ । शपथ दिउँसो १ बजे हुने कार्यक्रम तय गरिएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic