माओवादीबाट तीन जना मन्त्री बन्दै

  • माघ ३, २०७९
  • १२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,३ माघ ःप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकाछन् ।

माओवादीबाट अमनलाल मोदी मन्त्री बन्दैछन् । उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । मोदी मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

त्यसैगरी, भोजपुरबाट निर्वाचित सुदन किराँतीलाई संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । किराँती तीन पटकसम्म निर्वाचित सांसद भएर पनि मन्त्री बनेका थिएनन् ।

सञ्चारमन्त्रीमा रेखा शर्माको नाम निश्चित भइसकेको छ। राज्यमन्त्री बारेमा अहिलेसम्म टुंगो नलागेको बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीसहित पाँच मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । साथै, माओवादीले एक राज्यमन्त्री पनि पाउने बताइएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic