बुढासुब्बा गोल्डकप फागुन १३ देखि हुने

  • माघ ३, २०७९
  • १,६१० पटक पढिएको
  • छाल खबर
alt फायल तस्विर

छाल खवर
धरान,३ माघ ः धरानमा हुदै आएको अन्तरर्राष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण आगामी फागुन दोस्रो सातादेखि हुने भएको छ । 

प्रतियोगिता आयोजक धरान फुटबल क्लबले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता आयोजना गर्ने वारे जानकारी गराएका हुन ।

क्लवका अध्यक्ष किशोर राईले २ बर्षदेखि हुन नसकेको प्रतियोगिताको २३ औं सँस्करण फागुन १३ देखि २० गतेसम्म आयोजना गर्ने विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

प्रतियोगितालाई सम्पन्न गर्न सचिवालय र विभिन्न उपसमितिहरु पनि गठन गरिएको अध्यक्ष राईद्धारा विज्ञप्तीमा उल्लेख गरीएको छ ।

विज्ञप्तिका अनुसार अध्यक्ष किशोर राईको अध्यक्षतामा पदाधिकारीहरु रहेको सचिवालय गठन गरिएको छ ।

प्रतियोगितालाई थप प्रभावकारी वनाउन नविन राई संयोजक रहेको आर्थिक उपसमिति, प्रताप तामाङ संयोजक रहेको प्रचारप्रसार उपसमिति, सुदिप उप्रेती संयोजक रहेको मैदान व्यवस्थापन उपसमिति र रोमी मोक्तान संयोजक रहेको आयोजक टिम तयारी उपसमिति गठन भएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागीताको लागि काठमाण्डौंका एक डिभिजन क्लबहरु, भारत र मोफसलका उत्कृष्ट क्लबहरुसँग सम्पर्क भइरहेको तर निर्णय हुन बाँकी रहेको छ ।

२०५५ सालदेखि निरन्तर हुदै आएको बुढासुब्बा गोल्डकप विगत २ बर्ष यता भने हुन सकेको छैन ।

dharan-football-club

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic