एन प्याव्सन क्विजको उपाधि हिविसकस स्कुललाई

  • माघ ४, २०७९
  • ४,९३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ माघ ःराष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएन नेपाल (एन प्याव्सन) धरान नगर समितिको आयोजनामा भएको खेलकुद सप्ताह अन्तर्गग अन्तर धरान नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि धरान– १५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलले हात पारेको छ ।

सप्ताह खेलकुद अन्तर्गत बुधवार भएको हाजिरी जवाफ प्रतियोगितामा अन्य स्कुललाई पछि पार्दै हिविसकसले उपाधि हात पारेको हो ।

हिविसकसका तर्फबाट कक्षा ६ का सिद्धार्थ श्रेष्ठ, कक्षा ३ का लाभान्य अग्रवाल र कक्षा ३ का विद्यार्थी आयुष लिम्वु सहभागी भएका थिए ।

प्रतियोगितामा युरेका आवासीय माध्यामिक विद्यालय धरान १ दोस्रो हुन सफल भएको थियो ।

प्रतियोगितामा जुनियर पाइनियर वोडिङ स्कुल धरान–८ तेस्रो भएको थियो ।

प्रतियोगितामा पहिलो चरणमा धरान क्षेत्रका १० वटा स्कुलहरुले सहभागिता जनाएका थिए ।

फाइनल चरणमा हिविसकस वोडिङ स्कुल,वुद्ध आर्दश वोडिङ स्कुल,सुनाखरी एकेडेमी, लोटस विद्या विहार इङ्लिस स्कुल,जुनियर पाइनियर वोडिङ स्कुल, आवरहोम वोडिङ स्कुल,देउराली चिल्ड्रेन एकेडेमी, ज्ञानकुञ्ज एकेडेमी र सुम्निमा इङलिस स्कुल सहभागी भएका थिए ।

सप्ताह अन्तर्गत भलिवल,वास्केटवल लगायतको खेलकुद प्रतियोगिता जारी रहेको छ ।

विजेता स्कुललाई ट्रफि,मेडल र प्रमाण–पत्र पुरस्कार प्रदान गरीने आयोजकले जनाएको छ । सप्ताहको समापन कार्यक्रम माघ ६ गते हुनेछ ।

प्रतियोगिताको संयोजक विजय सिं थेवे, र कुरन चेम्जोङ र सुमिति राई सदस्य रहेका थिए ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic