एन प्याव्सन क्विजको उपाधि हिविसकस स्कुललाई

  • माघ ४, २०७९
  • ४,९८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ माघ ःराष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएन नेपाल (एन प्याव्सन) धरान नगर समितिको आयोजनामा भएको खेलकुद सप्ताह अन्तर्गग अन्तर धरान नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि धरान– १५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलले हात पारेको छ ।

सप्ताह खेलकुद अन्तर्गत बुधवार भएको हाजिरी जवाफ प्रतियोगितामा अन्य स्कुललाई पछि पार्दै हिविसकसले उपाधि हात पारेको हो ।

हिविसकसका तर्फबाट कक्षा ६ का सिद्धार्थ श्रेष्ठ, कक्षा ३ का लाभान्य अग्रवाल र कक्षा ३ का विद्यार्थी आयुष लिम्वु सहभागी भएका थिए ।

प्रतियोगितामा युरेका आवासीय माध्यामिक विद्यालय धरान १ दोस्रो हुन सफल भएको थियो ।

प्रतियोगितामा जुनियर पाइनियर वोडिङ स्कुल धरान–८ तेस्रो भएको थियो ।

प्रतियोगितामा पहिलो चरणमा धरान क्षेत्रका १० वटा स्कुलहरुले सहभागिता जनाएका थिए ।

फाइनल चरणमा हिविसकस वोडिङ स्कुल,वुद्ध आर्दश वोडिङ स्कुल,सुनाखरी एकेडेमी, लोटस विद्या विहार इङ्लिस स्कुल,जुनियर पाइनियर वोडिङ स्कुल, आवरहोम वोडिङ स्कुल,देउराली चिल्ड्रेन एकेडेमी, ज्ञानकुञ्ज एकेडेमी र सुम्निमा इङलिस स्कुल सहभागी भएका थिए ।

सप्ताह अन्तर्गत भलिवल,वास्केटवल लगायतको खेलकुद प्रतियोगिता जारी रहेको छ ।

विजेता स्कुललाई ट्रफि,मेडल र प्रमाण–पत्र पुरस्कार प्रदान गरीने आयोजकले जनाएको छ । सप्ताहको समापन कार्यक्रम माघ ६ गते हुनेछ ।

प्रतियोगिताको संयोजक विजय सिं थेवे, र कुरन चेम्जोङ र सुमिति राई सदस्य रहेका थिए ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic