वचत संघको निर्वाचनमा वस्नेत भन्दा दोव्वर मतले गिरी विजयी

  • माघ ४, २०७९
  • १,७०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ माघ ः वचत तथा ऋण सहकारी संघको निर्वाचनमा प्रतिष्पर्धी भन्दा दोव्वर मतले गोमा कुमारी गिरी विजयी वनेकीछिन् ।

संघको बुधवार भएको निर्वाचनमा आफ्ना प्रतिष्पधी जितेन्द्र बस्नेतलाई दोव्वर मतले पराजित गर्दै गिरी सचिव पदमा विजयी वनेकी हुन् ।

विजयी गिरीले ८८ मत पाउदा वस्नेतले ४४ मतमा चित्त वुझाउनु परेको थियो । वस्नेतलाई अन्य राजनीतिक दलको समेत समर्थन गरेको थिए । सागर राईले ३ मत पाएका थिए । जम्मा १३६ मत खसेकोे थियो ।

खुल्ला सदस्य निर्वाचित ४ जना महिला सदस्यहरुमा टिकादेवी पौडेल, भिममाया लिम्वु, कलावति देवि दुलाल, विमला भुजेल निर्वाचित भएकाछन् ।

त्यस्तै खुल्ला ६ सदस्यमा बुद्धिकुमार वुढाथोकी, अफिसर सुयल, मानबहादुर मगर, उमेश पौडेल, उद्धव बहादुर लिम्वु, सन्दीप पौडल विजयी भएकाछन् ।

लेखा समिति सदस्यमा अग्नीप्रसाद न्यौपाने विजयी भएकाछन् ।

अध्यक्षमा योगमाया सुवेदी, वरिष्ठ उपाध्यक्षमा प्रल्लाद दाहाल, महिला उपाध्यक्ष ममता शाक्य, र कोषाध्यक्षमा मिलन त्रिताल यस अघि नै निर्विरोध निर्वाचित भइसकेकाछन् ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic