अल स्टार्सलाई पिएसजीले हरायो,रोनाल्डोको दुई गोल

  • माघ ६, २०७९
  • १,५६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

५ माघ । साउदी अरबको रियादमा भएको मैत्रीपूर्ण खेलमा पिएसजीले अल स्टार्स एघारलाई पराजित गरेको छ।

गोलको वर्षा भएको खेलमा पिएसजीले ५-४ ले जितेको हो। क्रिस्टियानो रोनाल्डो भर्सेज लियोनेल मेसी खेलको रुपमा हेरिएको यस खेलमा क्रिस्टियानो रोनाल्डोले अल स्टार्सका लागि दुई गोल गरेका थिए भने लियोनेल मेसीले एक गोल गरेका थिए।

यस खेलमा खेलको ३९औं मिनेटमा जुआन बेरनटले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो। त्यस्तै नेइमारले पहिलो हाफको अन्तमा पाएको पेनाल्टी मिस गरेका थिए।

अल स्टार्सका लागि जांग हिउन सू र टालिस्काले एक एक गोल गरेका थिए। त्यस्तै पिएसजीका लागि मेसी, मार्क्यूरिन्होज, सर्जियो रामोस, किलीयन एम्बाप्पे, हुगो एकिटिकेले एक एक गोल गरेका थिए।

एक पछि अर्को गोल हुदा खेल निकै रोमान्चक बनेको थियो। रियादस्थित किंग फयाद स्टेडियममा भएको खेलमा ६८ हजार भन्दा बढी दर्शक प्रत्यक्ष उपस्थित रहेका थिए।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic