आत्मनिर्भर लघुवित्तले आईपीओ निष्काशन गर्ने

  • माघ ६, २०७९
  • २,५८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ माघ ः आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने लागेको हो ।

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको छ । यस्तै ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १६ माघदेखि १ फागुनसम्म र सर्वसाधारणलाई ११ फागुनदेखि १५ फागुनसम्म आईपीओ निष्काशन हुने कम्पनीको आह्वानपत्रमा उल्लेख छ ।

सर्वसाधारणले १५ फागुनसम्म माग अनुसार आवेदन नपरेमो आवेदन दिने अवधि २५ फागुनसम्म थप हुनेछ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यको स्वीकृति लिएका बैंक तथा वित्तीय संस्था र मरो सेयर मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ।

गत आर्थिक वर्ष २०७८र७९ को अपरिस्कृत वित्तीय विरण अनुसार लघुवित्तको प्रतिसेयर नेटवर्थ ५५६ रुपैयाँ ५९ पैसा र प्रतिसेयर आम्दानी १८५ रुपैयाँ ४३ पैसा रहेको छ । लघुवित्तको सञ्चित नाफा १२ करोड ५४ लाख ९० हजार रुपैयाँ रहेको छ ।

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic