युजिए कपको उपाधि पुलिस स्कुललाई

  • माघ ७, २०७९
  • ४,२१२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ माघ ः ९ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिताको छात्र तर्फको उपाधि उपाधि धरान १३ स्थित नेपाल पुलिस स्कुलले हात पारेको छ ।

युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा तरहरा स्थित ज्ञान दर्पण एकेडेमीलाई हराउदै पुलिस स्कुलले उपाधि हात पारेको हो ।

uga = 2 photo

पुलिसले ज्ञानदर्पणलाई २५–१४, २५–१५ र २५–१४ को सेटमा पराजित गर्न सफल वनेको थियो ।

बिजेता पुलिस स्कुलले २३ हजार नगद, मेडल साथै प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपबिजेता ज्ञान दर्पण एकेडेमीले १८ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारेको छ भने तेस्रो हुने युनाइटेड गोर्खा एकेडेमीले १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा वेष्ट सर्भिस, वेष्ट डिफेन्स, वेष्ट लिफ्टर, वेष्ट स्पाइकर , वेष्ट ब्लकर, वेष्ट प्लेयरलाई १२ सय रुपैयाँ, प्रमाणपत्र र ट्रफी दिइएको थियो ।

प्रतियोगितामा सहभागी टिम मध्ये अनुशासित टिमलाई ५ हजार नगद र प्रमाणपत्र साथै उत्कृष्ट टिम प्रशिक्षकलाई १५ सय रुपैयाँ प्रदान गरिएको प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिए ।

यसपटक प्रतियोगितामा छात्रतर्फ १५ विद्यालयका विद्यार्थीको टिमले सहभागिता जनाएका थिए।

बिजेता, उपविजेता र तेस्रो हुने टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल भलिबल संघ प्रदेश १ का अध्यक्ष खेम राई, युनाइटेड एकेडेमीका प्रिन्सिपल पेम्बा शेर्पा, एनप्याब्सन धरान नगर कमिटी अध्यक्ष विष्णु प्रधान, पुलिस स्कुलका प्रिन्सिपल डिकेन्द्र रायमाझी लगायतले पुरस्कार वितरण गरेका थिए ।

uga = 3 photo

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic