युजिए कपको उपाधि पुलिस स्कुललाई

  • माघ ७, २०७९
  • ४,१४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ माघ ः ९ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिताको छात्र तर्फको उपाधि उपाधि धरान १३ स्थित नेपाल पुलिस स्कुलले हात पारेको छ ।

युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा तरहरा स्थित ज्ञान दर्पण एकेडेमीलाई हराउदै पुलिस स्कुलले उपाधि हात पारेको हो ।

uga = 2 photo

पुलिसले ज्ञानदर्पणलाई २५–१४, २५–१५ र २५–१४ को सेटमा पराजित गर्न सफल वनेको थियो ।

बिजेता पुलिस स्कुलले २३ हजार नगद, मेडल साथै प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपबिजेता ज्ञान दर्पण एकेडेमीले १८ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारेको छ भने तेस्रो हुने युनाइटेड गोर्खा एकेडेमीले १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा वेष्ट सर्भिस, वेष्ट डिफेन्स, वेष्ट लिफ्टर, वेष्ट स्पाइकर , वेष्ट ब्लकर, वेष्ट प्लेयरलाई १२ सय रुपैयाँ, प्रमाणपत्र र ट्रफी दिइएको थियो ।

प्रतियोगितामा सहभागी टिम मध्ये अनुशासित टिमलाई ५ हजार नगद र प्रमाणपत्र साथै उत्कृष्ट टिम प्रशिक्षकलाई १५ सय रुपैयाँ प्रदान गरिएको प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिए ।

यसपटक प्रतियोगितामा छात्रतर्फ १५ विद्यालयका विद्यार्थीको टिमले सहभागिता जनाएका थिए।

बिजेता, उपविजेता र तेस्रो हुने टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल भलिबल संघ प्रदेश १ का अध्यक्ष खेम राई, युनाइटेड एकेडेमीका प्रिन्सिपल पेम्बा शेर्पा, एनप्याब्सन धरान नगर कमिटी अध्यक्ष विष्णु प्रधान, पुलिस स्कुलका प्रिन्सिपल डिकेन्द्र रायमाझी लगायतले पुरस्कार वितरण गरेका थिए ।

uga = 3 photo

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic