एनआइसी एशिया बैंकको डिजिटल बैंकिङमा समस्या, ग्राहकलाई समय र ब्याज दुबैको घाटा

  • माघ ७, २०७९
  • २,६०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ माघ ःएनआइसी एशिया बैंकको विद्युतीय भुक्तानी सेवा ( इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र कार्डलेस विथड्रअल) भरपर्दो नहुँदा उपभोक्ताले समस्या र ब्याज घाटा दुबै व्यहोर्नुपरेको छ ।

ग्राहक संख्या वृद्धिको तुलनामा बैंकले आवश्यक प्राविधिक समर्थन र जुटाउन नसक्दा यसका ग्राहकले नगदरहित भुक्तानीमा समस्या व्यहोर्नु परिररहेको छ ।

केही समययता वालेटमा फण्ड लोड नहुने समस्या देखिएको छऽ एकजना पीडित ग्राहकले खाताबाट रकम काटेपनि वालेटमा ब्यालेन्स देखि‌ंदैन, गुनासो गरेको तीन दिनपछि बल्लतल्ल रकम बैंक खातामा बैंकले फिर्ता गरिदिन्छ। खाताको रकम हराएको तीन दिनसम्मको ब्याज नोक्सानी पनि हामी उपभोक्ताले नै व्यहोर्नुपर्ने विशेषगरी सप्ताहन्त वा सार्वजनिक बिदाको दिन पूर्व यस्तो समस्या तुलनात्मकरूपमा बढी देखिने गरेको एनआइसी बै‌ंकका ग्राहकले गुनासो गरेका छन् ।

एटिएममा कार्डलेस विथड्रअलका लागी कोड हाल्न नपाउँदै एक्सपायर्ड देखियो, अर्का एक पीडित ग्राहकले गुनासो गर्दै भने,तर रकम झिकिनसक्दै खाताको ब्यालेन्स घट्यो ।

पटक पटक गुनासो गर्दा दुई दिनपछि बल्ल पैसा फिर्ता पाएँ ।इन्टरनेट बै‌ंकिङ(आइ टच) बाट डिजिटल वालेटमा लोड गरेको रकम लोड नभएर बीचमै हराउने मोबाइल बै‌ंकिङ एप्स ढिलो गरी खुल्ने वा बगको समस्याले बन्द हुने र एटिएम मेशिनबाट एटिएम कार्डको प्रयोग बिना नै कार्डलेस विथड्रअल गर्दा क्यास झिक्न नपाए पनि खाताबाट रकम मौज्दात घट्ने गरेको समस्या प्रायः ग्राहकले व्यहोर्नुपरिरहेको छ ।


इन्सोरेन्स खवरबाट

 

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic