को–को छन् राष्ट्रपतिका आकांक्षी

  • माघ ८, २०७९
  • १,७५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, ८ माघ ः राष्ट्रपतिको उम्मेदवार अहिलेसम्म कुनै पनि दलले टुंगो लगाएका छैनन् । सबै दलका शीर्षनेता आगामी दिन आफूलाई ‘कम्फर्टेबल’ हुनेगरी उम्मेदवार खोजीमै रहेका छन् । यद्यपि, राजनीतिक दलबीच राष्ट्रपतिका लागि दौडधुप सुरु भइसकेको छ ।

एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष युवराज ज्ञवाली, नेतृ गोमा देवकोटालगायत नेताले ‘आफू राष्ट्रपति हुन खोजेको र त्यसका लागि लबिङ’ गरिरहेका छन् ।

कांग्रेसबाट वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला राष्ट्रपति बन्ने दौडमा छन् । यद्यपि, कांग्रेस सभापति शेरबहादुर देउवाले ‘राष्ट्रपतिको उम्मेदवार पार्टी १४औं महाधिवेशनताका गरेको सहमतिअनुसार पौडेल नै बनाउने’ निश्चित छ ।

त्यस्तै, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी अध्यक्ष डा। बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत नेता पनि राष्ट्रपतिमा चर्चा छन् । तर, यी चारै नेता राष्ट्रपति बन्ने सम्भावना न्यून छ ।

प्रतिनिधिसभाले सभामुख र उपसभामुख चुनेसँगै चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति खोजी हुन थालेको छ । यसअनुसार फागुनभित्रै देशले नयाँ राष्ट्रपति पाउनेछ ।
राजधानी दैनिकबाट

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic