छाल खबर
धरान । द डान्स गार्डेन धरानको औपचारिक रुपमा उद्धाटन भएको छ । गार्डेनको हलमा गरिएको हिजो भएको उद्धाटन धरान उपमहानगरपालिका का वडा नं १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले तथा कार्यक्रको विशेष अतिथि धरान उपमहानगरपालकिाका वडा नं ९ का पुर्व वडाध्यक्ष रत्न बहादुर कट्वाले रिबन काटेर पानसमा बत्ती बालेर उद्धाटन गरिएको हो ।
द डान्स गार्डेन द्धारा उद्धाटनका साथसाथै सरस्वती पुजाको पवन अवसरमा द डान्स गार्डेन एकल नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ ।
प्रतियोगितामा प्रथम साया राई, दोस्रो सेरुङ याख्या, तेस्रो ईमा याख्खा भएका थिए । प्रथम दोश्रो र दोश्रो लाई नट्राजको मुर्ति, प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै सहभागी कलाकारलाई सान्तावना पुरस्कार प्रदान गरिएको थियो ।
उक्त विजेता कलाकारहरूलाइ धरान उपमहानगरपालिका का वडा नं १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले तथा कार्यक्रको विशेष अतिथि धरान उपमहानगरपालकिाका वडा नं ९ का पुर्व वडाध्यक्ष रत्न बहादुर कट्वाल र मानव कल्याण सेवा समाजका अध्यक्ष अरमान अलिले पुरस्कार वितरण गर्नु भएकाे थियाे ।
बालबालिकामा भएको प्रतिभा प्रष्फोटनका साथसाथै संस्थाको पनि औपचारिक रुपमा शुभारम्भ गरिएको कार्यक्रम संयोजक प्रविन भुजेलले जानकारी दिएका थिए ।
१८ जना प्रतिस्पर्धी रहेको प्रतियोगितामा निर्णायक धरान नृत्य प्रतिठानका सदस्य तथा रोयल डान्स एकेडेमिका प्रबन्ध निर्देशक सुरेश राई रहेका थिए ।
उद्धाटन तथा प्रतियोगिताको अवसरमा सम्मान कार्यक्रम
द डान्स गार्डेन द्धारा आयोजित कार्यक्रममा संस्थाले आयोजनामा गरिएको विभिन्न कार्यक्रममा रहि नौतिक भौतिक र आर्थिक रुपमा हरेक घडिमा रहि हौषला प्रदान गर्दै र संस्थाको आयोजनामा गरिएका कार्यक्रममो साथमा साथ दिदै आफुले सक्दो गर्नुपर्ने योगदान र संस्थामा अभिभावाक रुपमा आवद्ध भई कुशलता पूर्वक कार्य गरेकोमा सम्मान गरिएको हो ।
धरान–१६ स्थित बसोबास गर्दै आएका रिता गुरुङ, धरान–१३ मा बस्दै आएका लक्ष्मी थापा मगर र रितु श्रेष्ठलाई अभिभावक रुपमा सम्मान गरिएको थियो । साथसाथै संस्थामा आबद्ध भएका सम्पुर्ण कलाकार तथा प्रतियोगितामा सहभागि भएका प्रतिस्पर्धी कलाकारहरुलाई समेत सम्मान गरिएको थियो ।
सो अवसरमा डान्स गार्डेनले बाल्यकाल देखी नृत्य क्षेत्रमा सम्लग्न रहि विभिन्न विद्यालय, नृत्य सेन्टरहरुमा नृत्य प्रशिक्षकको रुपमा कार्य गर्नूभएको, पूर्वी नेपालका हरेक ठाउमा हुने नृत्य प्रतियोगिताको कार्यमा निर्णयकको भुमिका निर्वाह गरिसक्नु भएको मुनाल सांस्कृतिक परिवार देखी मुनाल सांस्कृतिक कला केन्द्र परिवारमा नृत्य निर्देशकमा आवद्ध भई कुशलता पूर्वक कार्य गर्नुभएको ।
चारदशक भन्दा बढि समय नृत्य क्षेत्रमा समर्पित भएका वरिष्ठ नृत्य निर्देशक तथा धरान नृत्य कला प्रतिष्ठानका अध्यक्ष मनि कुमार राई र अनाम नाट्य जमात, मुनलाईट डान्स एकेडेमी, मुनाल सांस्कृतिक कला केन्द्र परिवारमा नृत्य निर्देशकमा आवद्ध भई कुशलता पूर्वक कार्य गर्नुभएका वरिष्ठ नृत्य निर्देशक , खोज तथा अनुसन्धानकर्ता र धरान नृत्य कला प्रतिठानका उपाध्यक्ष नगेन्द्र राईलाई सम्मान कार्यक्रम रहेको थियो ।
फाेटाे फिचर
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic