बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न मैत्रीपुर्ण फुटबल

  • माघ १७, २०७९
  • २,९८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघ ःअन्तर्राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना गर्दै आएको धरान फुटबल क्लबले बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न सोमवार मैत्रीपुर्ण फुटबल आयोजना गरेको छ ।

फागुन १३ गतेदेखि हुन लागेको २३ औं टुबोर्ग बुढासुब्बा गोल्डकपको प्रर्वद्धनको लागी उक्त मैत्रीपुर्ण खेल गरिएको हो ।

नगर प्रमुख हर्कराज राईको कप्तानीमा उपमहानगरपालिकाको टोली र किशोर राईको कप्तानीमा पुर्वराष्ट्रिय खेलाडीहरु सम्मिलित टोलीबीच खेल भएको सो खेल धरान–१६ स्थित रंगशालामा भएको थियो ।

खेलमा आयोजक धरान फुटवल क्लवको टिमलाई २–० को अन्तरले गोलगरी उपमहानगरपालिकाको टोली २–० विजयी बनेका थियो । उपमहानगरका तर्फबाट वडा नं १० का अध्यक्ष विवेक राई र मेयरका स्वकिय सचिव सुर्दशन लिम्बुले गोल गरेका थिए ।

गत वर्ष ९ लाख रुपैया अनुदान दिदै आएको धरान उपमहानगरपालिकाले बुढासुब्बा गोल्डकपको २३ औं सँस्करणको लागी नगरसभाबाट रकमान्तर गरेर ३ लाख थप गरि १२ लाख अनुदान पाएको छ।

कोरोनाको कारण दुइवर्ष हुन नसकेको वुढासुव्वा गोल्डकप यस वर्ष भने आयोजना हुन लागेको हो ।

सोही अवसरमा क्लवले गत बैशाखमा निवार्चित भएका मेयर, उपमेयरसहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना समेत आयोजना गरेको थियो ।

क्लबले सोमबार धरान १६ स्थित रंगशालामा कार्यक्रम आयोजना गरि बधाई र कार्यकाल सफलताको शुभकामना दिएको थियो ।

क्लबका अध्यक्ष किशोर राईले मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहित २० वटै वडाका अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई सम्मान पत्र र मायाको चिनो ट्रयाक सुट प्रदान गरेका थिए ।

क्लब र खेलकुदसँग स्थानीय निकाय र जनप्रतिनिधिवीच सम्वन्ध प्रगाढ बनाउनको लागी कार्यक्रम आयोजना गरिएको क्लवको अध्यक्ष राईको भनाई रहेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic