बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न मैत्रीपुर्ण फुटबल

  • माघ १७, २०७९
  • २,८९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघ ःअन्तर्राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना गर्दै आएको धरान फुटबल क्लबले बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न सोमवार मैत्रीपुर्ण फुटबल आयोजना गरेको छ ।

फागुन १३ गतेदेखि हुन लागेको २३ औं टुबोर्ग बुढासुब्बा गोल्डकपको प्रर्वद्धनको लागी उक्त मैत्रीपुर्ण खेल गरिएको हो ।

नगर प्रमुख हर्कराज राईको कप्तानीमा उपमहानगरपालिकाको टोली र किशोर राईको कप्तानीमा पुर्वराष्ट्रिय खेलाडीहरु सम्मिलित टोलीबीच खेल भएको सो खेल धरान–१६ स्थित रंगशालामा भएको थियो ।

खेलमा आयोजक धरान फुटवल क्लवको टिमलाई २–० को अन्तरले गोलगरी उपमहानगरपालिकाको टोली २–० विजयी बनेका थियो । उपमहानगरका तर्फबाट वडा नं १० का अध्यक्ष विवेक राई र मेयरका स्वकिय सचिव सुर्दशन लिम्बुले गोल गरेका थिए ।

गत वर्ष ९ लाख रुपैया अनुदान दिदै आएको धरान उपमहानगरपालिकाले बुढासुब्बा गोल्डकपको २३ औं सँस्करणको लागी नगरसभाबाट रकमान्तर गरेर ३ लाख थप गरि १२ लाख अनुदान पाएको छ।

कोरोनाको कारण दुइवर्ष हुन नसकेको वुढासुव्वा गोल्डकप यस वर्ष भने आयोजना हुन लागेको हो ।

सोही अवसरमा क्लवले गत बैशाखमा निवार्चित भएका मेयर, उपमेयरसहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना समेत आयोजना गरेको थियो ।

क्लबले सोमबार धरान १६ स्थित रंगशालामा कार्यक्रम आयोजना गरि बधाई र कार्यकाल सफलताको शुभकामना दिएको थियो ।

क्लबका अध्यक्ष किशोर राईले मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहित २० वटै वडाका अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई सम्मान पत्र र मायाको चिनो ट्रयाक सुट प्रदान गरेका थिए ।

क्लब र खेलकुदसँग स्थानीय निकाय र जनप्रतिनिधिवीच सम्वन्ध प्रगाढ बनाउनको लागी कार्यक्रम आयोजना गरिएको क्लवको अध्यक्ष राईको भनाई रहेको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic