देशको आर्थिक संकट बारे एकीकृत समाजवादीले प्रधानमन्त्री समक्ष बुझायो ध्यानाकर्षण पत्र

  • माघ १७, २०७९
  • ३,५७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौ.,१७ माघः नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक संकट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

मंगलबार बिहान बालुवाटार पुगेर अध्यक्ष माधव नेपालसहितका शीर्ष नेताले देशको अर्थतन्त्र गम्भीर संकट तर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्न समेत धौधौ भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

एकीकृत समाजवादीले ज्ञापनपत्र बुझाउँदै देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।

एकीकृत समाजवादीले जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएको छ ।

मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको एकीकृत समाजवादीको निष्कर्ष छ।

यस्तै, विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड बिक्रीको प्रबन्ध गर्नुपर्ने सुझाव पनि दिएको छ ।

एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, महँगी नियन्त्रण गर्न, समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिवाना र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन लगायतका माग गरेको छ ।

यसैगरी सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिन, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमुलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न लगायतका माग बुँदागत रुपमा ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic