धरानमा प्रदेशस्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता

  • माघ १८, २०७९
  • ४,७५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ माघ ः धरानमा दोस्रो प्रदेश १ स्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

धरान बास्केटबल संघको आयोजनामा हुन लागेको सो प्रतियोगिता फागुन ५ गतेदेखि १२गतेसम्म आयोजना हने भएको हो ।

आयोजकले वुधवार पत्रकार सम्मेलन गरीदिएको जानकारी अनुसार प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिम सहभागी हुनेछन् ।

धरान–१६ स्थित रंगशालमा हुने उक्त प्रतियोगितामा धरान,झापा,मोरङ,इलाम,उदयपुर,धनकुटा लगायतका जिल्लाहरुबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कक्षा ६ देखि स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगितामा बिजेत हुने पुरुषतर्फको टिमले ३० हजार नगद, उपविजताले १५ हजार ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा थ्री पोइन्ट कम्पिटिसन विजेता महिला पुरुष खेलाडीले जनही ३ हजार ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

बास्केटबल खेल र खेलाडीलाई व्यवसायिक वनाउनका लागि यस प्रतियोगितालाई सहयोग पुग्ने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले वताए ।

प्रतियोगिताले धरानसँगै सिंगो प्रदेश १ खेलकुदको शहरको रुपमा परिचय गराउन थप मद्धत पुग्नुका साथै युवा पुस्तामा खेलकुदप्रति सकारात्मक सोच अभिवृद्धि गराउन मद्धत पुग्ने आयोजकको विश्वास रहेको छ ।

 

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic