धरानमा अन्तराष्ट्रिय साहित्यक महोत्सव

  • माघ २०, २०७९
  • ७६० पटक पढिएको
  • छाल खबर
alt

धरान,२० माघ ः धरानमा दोस्रो अन्तराष्«िट्रय धरान साहित्य तथा सास्कृतिक पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ को आयोजनामा सो महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवमा नेपाल लगायत भारत र भुटानसम्मका साहित्यकारहरु तथा कलाकारहरुको सहभागीता रहने प्रतिष्ठानका अध्यक्ष गोपाल प्रयासले जानकारी दिएकाछन् ।

महोत्सवमा पुस्तक प्रदर्शनी, लोक सास्कृतिक कार्यक्रमका साथै जातिय पहिचान झल्किने सास्कृतिक कार्यक्रमहरु समेत आयोजना हुनेछ ।

फागुन २६ र २७ गते आयोजना हुन लागेको महोत्सवमा नेपालका चर्चित कलाकारहरुको समेत उपस्थिति रहने छ भने विदेशका ७ जना र नेपालका ७ जना कवि तथा कलाकारहरुलाई सम्मान समेत गरीने अध्यक्ष प्रयासले वताएकाछन् ।

उक्त महोत्सवमा १८ लाख रुपैया अनुमानित खर्च लाग्ने आयोजकको भनाई रहेको छ । महोत्सवका लागि धरान १३ नं वडा कार्यालयबाट १ लाख रुपैया सहयोग हुने र अन्य अपुग वजेटको लागि धरान उपमहानगरपालिका, प्रदेश सरकार र विभिन्न संघ संस्थाहरुलाई सहयोगको अपिल समेत आयोजकले गरेको छ ।

धरान नगरपालिकाले यस्ता कार्यक्रमहरुलाई आफ्नो वार्षिक कार्यक्रममा समेत समावेश गरी वार्षिक वजेट विनियोजन गरी प्रवद्धन र विकास गर्नुपर्नेमा आयोजकको माग रहेको छ ।

धरान कला र साहित्यको उर्वरभूमि भएकोले यसलाई संस्थागत गरेर नगरपालिकाले कार्यक्रम वनाएको खण्डमा धरानको अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान आयोजकको विश्वास रहेको छ ।

अवको समय भौतिक विकासको मात्र नभएर चेतनाको विकास हो । भौतिक विकास पुरानो हुन्छ तर कला र चेतनाको विकास सधै हरीयो हुन्छ त्यसैले राष्ट्रको समृद्धिको लागि साहित्य कला र संस्कृतीको विकास अपरीहार्य हुन्छ भन्ने विश्वासका साथ धरान नगरक्षेत्रबाट चेतनाको सन्देश देश तथा विदेशभरी पु¥याउने लक्ष्य र उदेश्यका साथ धरानमा दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा सास्कृतिक पर्यटन महोत्सव २०७९ आयोजना गरीन लागेको हो ।

धरान लगायत प्रदेश नं. १ लाई साहित्यीक सास्कृतिक कला र पर्यटनको केन्द्रको रुपमा स्थापित गर्ने पनि थप उदेश्य रहेको छ ।

कला र साहित्य क्षेत्रको विकासका लागि आफू सधै तप्पर रहेको र धरान नगरको पहिचान र प्रतिष्ठानसँग जोडिएको आन्तरीक पर्यटन प्रवद्धन र साहित्यीक चिनारीका साथ आयोजना हुन लागेको महोत्सवलाई सफल वनाउन उत्प्रेरण सहित आर्थिक सहयोगको लागि संस्थाका संरक्षक एवम् धरान १३ का वडाध्यक्ष नेत्र काफ्ले अपिल समेत गरेकाछन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic