धरानमा अन्तराष्ट्रिय साहित्यक महोत्सव

  • माघ २०, २०७९
  • ८१३ पटक पढिएको
  • छाल खबर
alt

धरान,२० माघ ः धरानमा दोस्रो अन्तराष्«िट्रय धरान साहित्य तथा सास्कृतिक पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ को आयोजनामा सो महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवमा नेपाल लगायत भारत र भुटानसम्मका साहित्यकारहरु तथा कलाकारहरुको सहभागीता रहने प्रतिष्ठानका अध्यक्ष गोपाल प्रयासले जानकारी दिएकाछन् ।

महोत्सवमा पुस्तक प्रदर्शनी, लोक सास्कृतिक कार्यक्रमका साथै जातिय पहिचान झल्किने सास्कृतिक कार्यक्रमहरु समेत आयोजना हुनेछ ।

फागुन २६ र २७ गते आयोजना हुन लागेको महोत्सवमा नेपालका चर्चित कलाकारहरुको समेत उपस्थिति रहने छ भने विदेशका ७ जना र नेपालका ७ जना कवि तथा कलाकारहरुलाई सम्मान समेत गरीने अध्यक्ष प्रयासले वताएकाछन् ।

उक्त महोत्सवमा १८ लाख रुपैया अनुमानित खर्च लाग्ने आयोजकको भनाई रहेको छ । महोत्सवका लागि धरान १३ नं वडा कार्यालयबाट १ लाख रुपैया सहयोग हुने र अन्य अपुग वजेटको लागि धरान उपमहानगरपालिका, प्रदेश सरकार र विभिन्न संघ संस्थाहरुलाई सहयोगको अपिल समेत आयोजकले गरेको छ ।

धरान नगरपालिकाले यस्ता कार्यक्रमहरुलाई आफ्नो वार्षिक कार्यक्रममा समेत समावेश गरी वार्षिक वजेट विनियोजन गरी प्रवद्धन र विकास गर्नुपर्नेमा आयोजकको माग रहेको छ ।

धरान कला र साहित्यको उर्वरभूमि भएकोले यसलाई संस्थागत गरेर नगरपालिकाले कार्यक्रम वनाएको खण्डमा धरानको अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान आयोजकको विश्वास रहेको छ ।

अवको समय भौतिक विकासको मात्र नभएर चेतनाको विकास हो । भौतिक विकास पुरानो हुन्छ तर कला र चेतनाको विकास सधै हरीयो हुन्छ त्यसैले राष्ट्रको समृद्धिको लागि साहित्य कला र संस्कृतीको विकास अपरीहार्य हुन्छ भन्ने विश्वासका साथ धरान नगरक्षेत्रबाट चेतनाको सन्देश देश तथा विदेशभरी पु¥याउने लक्ष्य र उदेश्यका साथ धरानमा दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा सास्कृतिक पर्यटन महोत्सव २०७९ आयोजना गरीन लागेको हो ।

धरान लगायत प्रदेश नं. १ लाई साहित्यीक सास्कृतिक कला र पर्यटनको केन्द्रको रुपमा स्थापित गर्ने पनि थप उदेश्य रहेको छ ।

कला र साहित्य क्षेत्रको विकासका लागि आफू सधै तप्पर रहेको र धरान नगरको पहिचान र प्रतिष्ठानसँग जोडिएको आन्तरीक पर्यटन प्रवद्धन र साहित्यीक चिनारीका साथ आयोजना हुन लागेको महोत्सवलाई सफल वनाउन उत्प्रेरण सहित आर्थिक सहयोगको लागि संस्थाका संरक्षक एवम् धरान १३ का वडाध्यक्ष नेत्र काफ्ले अपिल समेत गरेकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic