विद्यालय वातावरण सुधार कार्यक्रम सम्पन्न

  • माघ २१, २०७९
  • २,३७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान। २१ माघ ःसब डिभिजन वन कार्यालय, बिष्णुपादुका धरानद्वारा वातावरण सचेतनासहितको विद्यालय वातावरण सुधार कार्यक्रम सम्पन्न भएको छ ।

ज्वालामुखी माध्यमिक विद्यालय, धरान १७ पटनालीमा शुक्रवार सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा कक्षा ८ र ९ मा अध्ययनरत ८५ भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो।

विद्यार्थीहरुमा वन र वातावरणको महत्वको विषयमा सकारात्मक ज्ञानको विकास गर्दै विद्यार्थीहरूलाई वन, वातावरण, जैविक विविधता, वन्यजन्तु, जलाधार, जलवायु परिवर्तन लगायतका विषयमा सचेतना जगाउने उद्देश्यले वातावरण सचेतनासहितको विद्यालय वातावरण सुधार कार्यक्रम सञ्चालन गरिएको सब डिभिजन वन कार्यालय, बिष्णुपादुका, धरानका कार्यालय प्रमुख विक्रम अमात्यले बताए ।

त्यसैगरी वन र यसको महत्व, वन विनाशका कारण र असर, नेपालका संरक्षित वन्यजन्तु, जैविक विविधता र यसको संरक्षण, जलवायु परिवर्तनको अनुकूलन र न्यूनीकरणका उपायहरू लगायतका विषयमा अनुशिक्षण गरिएको थियो।

eko news photo = 2

कार्यक्रममा ज्वालामुखी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर खत्री, शिक्षक अभिभावक संघका सदस्य बिमल पोखरेल, विद्यालयका प्रधानाध्यापक गोपाल थापा, सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मीराम कार्की, पटनाली सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष नगेन्द्र गिरी लगायत विद्यालयका शिक्षक शिक्षिकाको उल्लेख्य सहभागीता रहेको थियो।

१३ सदस्यीय ज्वालामुखी मा.वि इको क्लब गठन

यसैबीच वातावरण संरक्षण, प्रकृति,पर्यावरणप्रति विद्यार्थीलाई सक्रिय बनाई व्यवहार परिवर्तन गर्न र वातावरण संरक्षणमा विद्यार्थीहरूको प्रत्यक्षसहभागिता गराउने उद्देश्यका साथ सुवास वि.क.को अध्यक्षतामा १३ सदस्यीय ज्वालामुखी मा.वि. ईको क्लबको गठन गरिएको छ।

yy

नवगठित ईको क्लबको उपाध्यक्षमा प्रियंका लिम्बु, सचिवमा विविका रार्इ, कोषाध्यक्ष सृष्टि ढुंगाना र सह सचिवमा प्रियंका कोइराला चयन भएका छन।

यस्तै क्लबको सदस्यहरूमा आयुष निरौला, निमा दोर्जे तामाङ, अमृता गिरी, करूण थापा, मनिषा वि.क., दिपेश थापा, मञ्जना राई र राजु बस्नेत रहेका छन ।

क्लबको प्रमुख संरक्षकमा विद्यालयका प्रधानाध्यापक गोपाल थापा र संरक्षक (फोकल पर्सन)मा शिक्षक नगेन्द्र गिरी रहेकाछन् । क्लबले आगामी दिनमा विद्यालयमा वन र वातारण संरक्षण सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्ने लक्ष्य राखेको छ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic