धरानमा पुष्प मेला शुरु

  • माघ २६, २०७९
  • ६,९२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ माघ ःधरानमा प्रदेश न. १ स्तरीय पाँचौ पुष्प प्रदर्शनी तथा व्यापार मेला शुरु भएको छ ।

फ्लोरीकल्चर एसोसिएसन सुनसरी शाखाको आयोजनामा सो व्यापार मेला आयोजना भएको हो ।

देशको आर्थिक अवस्था खस्किएको समयमा आयोजना गरिएको मेलामा व्यवसायीहरुले पुष्प व्यवसायीहरुले भोग्नुपरेको पीडाका विषया गुनासो पोखे । तीनै सरकारबाट सहयोग नभएको तर आफ्नै बलबुतोले पाँचौ संस्करणसम्म आइपुगेको बताएका थिए ।

पुष्प व्यवसायीहरु अहिले पनि व्यवसायिक बन्न नसकेको प्रदेश र स्थानीय सरकार समक्ष गुनासो पोखेका हुन् ।

स्वदेशी फूल प्रवद्र्धनका लागि प्रत्येक बर्ष मेलाको आयोजना गरिए पनि सरकारी सहयोग न्यून रहेकोले मुलुकमै पर्याप्त स्वदेशी फूल उत्पादन गर्न नसक्दा विदेशी फूलले बजार पिटेको गुनासो गरेका थिए ।

फ्लोरीकल्चर एसोसिएसनका केन्द्रीय अध्यक्ष मिनबहादुर तामाङले ४८ जिल्लामा १ सय ७८ हेक्टर क्षेत्रफल जग्गामा ७ सय ३२ भन्दा बढी व्यवसायीहरुले पुष्प व्यवसायी गरिरहेको जानकारी गराउँदै ४० हजारले रोजगारी पाएका छन् तर आयात र निर्यातलाई हेर्ने हो भने ठूलो खाडल भएको उहाँको भनाई थियो ।

उनका अनुसार गत बर्ष ३६ करोडको फूल नेपाल भित्रिएको, केही समय अगाडि १९ करोडसम्म विदेशम निर्यात गरेको व्यवसाय गत बर्ष करिब १ करोडको हाराहारीमा मात्र निर्यात गरेको तथ्यांक रहेको प्रष्ट पारेका थिए ।

उनले आयात र निर्यातको ठूलो खाडल हुनुको दृष्टान्त सुनाएका थिए । उनले व्यवसायीहरुले काठमाण्डौमा लिली फूलको व्यवसाय गरेर कतार पठाउने गरेको बताउदै नेपालको फूल भन्दा नेदरल्याण्डबाट निर्यात गरेको फूल सस्तो हुदा नेपाली फूलको माग नै हुन छाडेको बताए ।

यो सबै राज्यले व्यवसायीलाई प्रवर्छन गर्न नसकेको परिणाम भन्दै सरकारलाई दोष लगाएका थिए ।
आयोजकले व्यवसायिक एकता नहुदा सबैलाई समेट्न नसकिएको दृष्टान्त बताउदै तीनै तहको सरकारले जति सहयोग गर्नुपर्ने थियो त्यति गनृ नसकेको दुःखेसो पोखे ।

प्रदेश नं। १ का उद्यँोग, कृषि तथा सहकारी विकासमन्त्री भक्तिा प्रसाद सिटौलाले पुष्प व्यवसायमा धैर्यताको खाँचो भएको बताउनुभयो ।

उनले चाँडै नै मन्त्रालय यस सम्बन्धमा ठोस योजना अगाडि ल्याउने व्यवसायीलाई आश्वासन दिँदै भौगोलिक रुपले पनि नेपालमा पुष्प व्यवसाय गर्न नेपालमा प्रचुर सम्भावना भएको बताउदै उनले प्रतिष्पर्धी बजारलाई नेपाल सरकारले स्वीकारिकेको अवस्थामा विदेशी फूललाई आयातमा रोक लगाउन नसक्ने तर स्वदेशी उत्पादनलाई बढाएर आयात कर्म गर्न सक्ने सम्भावना भने बढी भएको बताए ।

कोभीड महामारीका कारण ३ वर्षदेखि स्थगित रहेको प्रदेश स्तरीय पूष्प व्यापार प्रदर्शनी मेला आजबाट शुरु भएको हो । मेला २९ गतेसम्म सञ्चालन हुने छ ।

फ्लोरिकल्चर एशोशियसन मेलामा १ वटा अफिसियल स्टलसँगै, प्रतिस्पर्धाका लागि १ स्टल र ४८ व्यावसायिक स्टल गरी ५० स्टल रहने भनिए पनि २६ वटा स्टलमा सीमित रहेको छ । मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सुनाखरीलगायत ५ सय प्रजातिका फूल रहेका छन् ।

पछिल्लो समय व्यवसाय पुष्प व्यवसायतर्फ आकर्षित भएको बताउदै यस्ता व्यवसायीहरुलाई तीनै तहका सरकारले आ आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने माग राखेका थिए ।

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic