सामाजिक संस्थामा राजनीति हुनु हुदैन– मन्त्री चौधरी

  • माघ २८, २०७९
  • ३,५०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ माघ ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवति चौधरीले समाजसेवा गर्ने संस्थामा राजनीति गर्नु नहुने बताएकीछिन् ।

नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको ४८ औ जिल्ला सभाको उद्घाटनका अवसरमा बोल्दै मन्त्री चौधरीले सो कुरा वताएकी हुन् ।

मन्त्री चौधरीले रेडक्रस जस्तो संवेदनशील संस्थामा राजनीति गर्नु नहुनेमा जोड दिएकी थिइन ।

रेडक्रसको केन्द्रीय कार्यालयमा भएको विवादको प्रसंगमा मन्त्री चौधरीले विसुद्ध सामाजिक संस्थामा यस्तो हुनु राम्रो नभएको बताइन ।

उनले सामाजिक कार्यकालागि नेपाल सरकारले रेडक्रसलाई ठूलो अधिकार प्रदान गरेको बताउदै रेडक्रसलाई ऐन, कानुनभित्र ल्याउन नसके विकराल अवस्था सिर्जना हुने दावी समेत गरेकीथिइन ।

उनले जोखिममा पर्ने, द्वन्द्धमा पर्ने, बाढीपिडितमा पर्ने जोकोहीको उद्धार गर्दै आएको र यस्ता समयमा गर्ने कामलाई अझ प्रभावकारी बनाउदै जानुपर्नेमा जोड दिएकी थिइन ।

यस्तै नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले सुनसरी शाखाले विपत्तका समयामा धेरै काम गरेको दाबी गरेका थिए ।

कार्यक्रममा सुनसरी क्षेत्र नं १ का प्रदेश १ का सांसद रमेशकुमार बस्नेत, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुनसरी जिल्लाका प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic