इटहरी उद्योग वाणिज्य संघको अध्यक्षमा जीवन पराजुली विजयी

  • फागुन १, २०७९
  • २०० पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१ फागुन ः इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा जीवन पराजुली बहुमत सदस्य सहित विजयी भएकाछन् ।

कार्यसमितिमा बहुमत सदस्य सहित पराजुली प्यानल विजयी वनेको हो ।

निकटतम प्रतिद्वन्द्वी रन्जु सिग्देललाई पराजित गरी पराजुली विजयी वनेका हुन ।

आइतबार सम्पन्न मतगणनामा पराजुलीले १,१८६ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्द्धी रञ्जु सिग्देल ८४७ मतमा सीमित भइन । पराजुलीकै प्यानलबाट महिला सदस्यमा सबिना कोइराला (शोभा) र मिना ढकाल विजयी भए ।

उद्योग तर्फ सिग्देल प्यानलका अभिषेक बस्नेत,राजेन्द्र केशरी घिमिरे र दिलीप पराजुली र जीवन प्यानलका विष्णु नारायण डाँगी नयाँ कार्यसमितिमा चयन भए ।

२२ जना मतदाता रहेको वस्तुगत तर्फ विनोद पौडेल र उमानाथ दाहाल विजयी भए ।

वाणिज्य सदस्यमा सिनेट रिजाल, राकेश श्रेष्ठ, ध्रुव अधिकारी, बलबहादुर न्यौपाने, सञ्जय शाह, अशोक अग्रवाल, शन्नी चौधरी, सुरेश कार्की, ढुण्डीराज गुरागाईँ विजयी भएका छन्

एसोसिएट सदस्यमा राजीव घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् ।शनिवार भएको निर्वाचनमा ४८१० मत मध्ये २७९० मत खसेको थियो ।

हिबिस्कसमा एसईईक्ँ विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic