रजत जयन्तीको पूर्वसन्ध्यामा धरान उच्चले प्रदेश १ स्तरीय वास्केटवल आयोजना गर्ने

  • फागुन ३, २०७९
  • ६,६७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ फागुन ः धरान उच्च कलेजले रजत जयन्तीको पूर्व सन्ध्यामा प्रदेश १ स्तरीय विद्यालय तहको छात्र तथा छात्रा बास्केट बल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कलेजले कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो ।

कलेजले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी दिएको थियो ।

फागुन ५ र ६ गते आयोजना हुने सो प्रतियोगितामा झापा मोरङ,सुनसरी लगायतका जिल्लाबाट छात्रतर्फ १५ टिम र छात्रातर्फ १० टिम सहभागी हुने धरान उच्चका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले जानकारी दिएकाछन् ।

uchha = 2

प्रिन्सिपल चित्रप्रसाद ढुङगेलका अनुसार प्रतियोगितामा विजेता हुने छात्रतर्फको टिमले नगद ५ हजार ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ३ हजार,ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी छात्रातर्फ विजेता हुने टिमले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद २ हजार,ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि नगद र प्रमाण–पत्र प्रदान गरीने छ ।

शिक्षा र खेलकुदबीच पारस्पारीक सम्वन्ध हुन्छ भन्ने कुरालाई अनुभुति गराउनको लागि प्रतियोगिताको आयोजना गर्न लागेको कलेज सञ्चालक समितिका सदस्य हेमचन्द्र अधिकारीले वताए ।

धरान उच्चले हिसान सुनसरीले आयोजना गरेको हिसान स्पोर्टमा छात्रातर्फको बास्केट बलको उपाधि जितेको थियो ।
पढाईका अतिरीक्त खेल क्षेत्रमा पनि कलेजलाई व्राण्डिङ गर्न लागि परेको प्रिन्सिपल ढुङ्गेलको भनाई रहेको छ ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष शिव नारायण शाहको अध्यक्षतामा भएको सो कार्यक्रममा विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला, कलेजका सञ्चालक तथा पूर्व प्रदेश प्रमुख गोविन्द तुम्वाहाङ, सञ्चालक समिति सदस्य गंगाप्रसाद चौलागाई, चन्द्र फोम्वो लिम्वु लगायतको उपस्थिति रहेको थियो ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic