सुनगाभा स्कुलद्वारा बार्षिक खेलकुदको पुरस्कार बितरण

  • फागुन ५, २०७९
  • १,४८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ फागुन ः सुनगाभा इङ्लिस बोर्डिङ स्कुल धरान–१३ ले शुक्रबार वार्षिक खेलकुद सप्ताहको पुरस्कार बितरण गरेको छ।

स्कुलले गत माघ–२१ गते देखि २८ गतेसम्म सप्ताह ब्यापी आयोजना गरेको खेलकुद सप्ताहको पुरस्कार वितरण गरेको हो ।

खेलकुद अवधिभर टेबलटेनिस, ब्याड्मिन्टन, फुटबल, भलिबल, चेस, मेमरी टेस्ट, १०० मिटर र २०० मिटर दौड भएको थियो। त्यस्तै बोरा दौड, तीन खुट्टे दौड लगायतका खेलकुदहरु आयोजना गरिएको थियो।

sunghava = cover

विभिन्न इभेन्टमा पहिलो, दोश्रो र तेश्रो हुने बिद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य उर्मिला परियार, बिशेष अतिथी अमर सेवा समाजका अध्यक्ष भुमिराज लिम्बू, साहित्यकला प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठ (प्रयास) स्कुलका भाईस–प्रीन्सिपल राम रसाईली लगायतले पुरस्कार बितरण गरेका थिए ।

सप्ताहब्यापी खेलकुदमा प्ले ग्रुपदेखी कक्षा–१० सम्मका बिद्यार्थीहरु सहभागी भएको बिद्यालयले जनाएको छ।

बिद्यार्थीहरुलाई पढाईको अतिरिक्त शारीरिक र मानसिक बिकासका लागि सप्ताहब्यापी खेलकुदको आयोजना गरिएको भाईस प्रिन्सिपल रसाईलीले बताए।

कार्यक्रममा छात्रा लक्की लिम्बुले स्वागत मन्तब्य राखेकी थिइन भने कार्यक्रमको संचालन शिक्षिकाद्वय बालकुमारी गुरुङ र इक्सा गुरुङले संचालन गरेका थिए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic