२३ औं बुढासुब्बा गोल्डकप फागुन १३ गतेदेखि हुने

  • फागुन ७, २०७९
  • १,८८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ फागुन ः कोरोनाका कारण स्थगित वुढासुव्वा गोल्डकप यस वर्ष भने आयोजना हुने भएको छ ।

आयोजकले आइतवार पत्रकार सम्मेलन गरी वुढासुव्वा गोल्डकप आयोजना गर्ने विषयमा जानकारी गराएको हो ।

आयोजकले दिएको जानकारी अनुसार फागुन १३ गतेदेखी फागुन २० गतेसम्म धरान रंगशालामा आयोजना हुनेछ ।

गोल्डकप आयोजक धरान फुटबल क्लबले आइतबार होटल पुर्वी स्टरमा पत्रकार सम्मेलन गर्दै यसपाली मुनाफा हुने गरि प्रतियोगिता गर्ने रणनीति तयार गरेको वताएको छ ।

क्लवका महासचिव प्रताप तामाङका अनुसार प्रतियोगितामा धरान उपमहानगरपालिका संयोजक रहेको छ भने मुख्य प्रायोजक टुबोर्ग वियर रहेको छ ।

प्रतियोगितामा सहप्रयोजकहरुमा सोमरर्सवे, नेको इन्सोरेन्स, राष्ट्रिय वाणिज्य बैंक, एनि स्पोर्टस् ब्राण्ड, आइएमई, सुनसरी टेक्निकल कलेज, डाइनामिक फुड्स र अन्नपुर्ण सिमेन्ट रहेको तामाङले जानकारी दिएकाछन् ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा वंगलादेश, क्यामरुन सहितको ८ वटा क्लबहरु सहभागीता जनाउने भएको छ ।

क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीका अनुसार केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब सहभागी रहनेछ ।

प्रतियोगिताको लागी विभिन्न निकाय, संघसंस्था तथा दाताहरुबाटसमेत गरेर १ करोड ९ लाख ५० हजार आय हुने अनुमान गरिएको क्लबका कोषाध्यक्ष बुढाथोकीले जानकारी दिए । त्यसमध्ये ८५ लाख ५ हजार खर्च हुने अनुमान गरिएको उनले बताए ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । साथै, यसपाली उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइनेछ । विगतमा भने मोटरसाइकल दिदै आएको थियो ।

प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने पनि क्लबले जनाएको छ ।

यस वर्षलाई प्रतियोगितालाई मुनाफामा लैजाने रणनीति वनाएको क्लवका अध्यक्ष किशोर राईले वताएकाछन् ।

कोरोनाका कारण वुढासुव्वा गोल्डकप विगत दुइवर्ष देखि हुन सकेको थिएन ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic