२३ औं बुढासुब्बा गोल्डकप फागुन १३ गतेदेखि हुने

  • फागुन ७, २०७९
  • १,८१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ फागुन ः कोरोनाका कारण स्थगित वुढासुव्वा गोल्डकप यस वर्ष भने आयोजना हुने भएको छ ।

आयोजकले आइतवार पत्रकार सम्मेलन गरी वुढासुव्वा गोल्डकप आयोजना गर्ने विषयमा जानकारी गराएको हो ।

आयोजकले दिएको जानकारी अनुसार फागुन १३ गतेदेखी फागुन २० गतेसम्म धरान रंगशालामा आयोजना हुनेछ ।

गोल्डकप आयोजक धरान फुटबल क्लबले आइतबार होटल पुर्वी स्टरमा पत्रकार सम्मेलन गर्दै यसपाली मुनाफा हुने गरि प्रतियोगिता गर्ने रणनीति तयार गरेको वताएको छ ।

क्लवका महासचिव प्रताप तामाङका अनुसार प्रतियोगितामा धरान उपमहानगरपालिका संयोजक रहेको छ भने मुख्य प्रायोजक टुबोर्ग वियर रहेको छ ।

प्रतियोगितामा सहप्रयोजकहरुमा सोमरर्सवे, नेको इन्सोरेन्स, राष्ट्रिय वाणिज्य बैंक, एनि स्पोर्टस् ब्राण्ड, आइएमई, सुनसरी टेक्निकल कलेज, डाइनामिक फुड्स र अन्नपुर्ण सिमेन्ट रहेको तामाङले जानकारी दिएकाछन् ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा वंगलादेश, क्यामरुन सहितको ८ वटा क्लबहरु सहभागीता जनाउने भएको छ ।

क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीका अनुसार केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब सहभागी रहनेछ ।

प्रतियोगिताको लागी विभिन्न निकाय, संघसंस्था तथा दाताहरुबाटसमेत गरेर १ करोड ९ लाख ५० हजार आय हुने अनुमान गरिएको क्लबका कोषाध्यक्ष बुढाथोकीले जानकारी दिए । त्यसमध्ये ८५ लाख ५ हजार खर्च हुने अनुमान गरिएको उनले बताए ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । साथै, यसपाली उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइनेछ । विगतमा भने मोटरसाइकल दिदै आएको थियो ।

प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने पनि क्लबले जनाएको छ ।

यस वर्षलाई प्रतियोगितालाई मुनाफामा लैजाने रणनीति वनाएको क्लवका अध्यक्ष किशोर राईले वताएकाछन् ।

कोरोनाका कारण वुढासुव्वा गोल्डकप विगत दुइवर्ष देखि हुन सकेको थिएन ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic