तरहरा सेउतीपुल सडक वनाउन इटहरी नगरपालिकाको पत्राचार

  • फागुन १०, २०७९
  • ४,२२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० फागुन ः इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउती सम्मको बाटो छिटो निर्माणमा ढिलासुस्ती भएको भन्दै तत्काल सडक निर्माण गर्न सम्वन्धित निकायको ध्यानाकषण गराएको छ ।
उपमहानगरपालिकाले आयोजना प्रमुखलाई बुधवार पत्रचार गर्दै तत्काल सडक निर्माण गर्न ध्यानाकर्षण गराएको हो ।
सडक निर्माण कार्य सुस्त गतिमा हुदा दैनिक सर्वसाधरणले सास्ती वेहोर्नु परेकोले बाटो छिटो भन्दा छिटो निर्माण गर्न गर्न पत्रचार गरेको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलले सडक निर्माण ढिलो भएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन ।

संघीय सरकारको मातहतमा उक्त राजमार्ग भएकाले छिटो भन्दा छिटो बनाउन छ लेन सडक आयोजनालाइ पत्रचार गरेको हो । बाटो खराब हुदा सर्वसाधरणले आवतजावतमा जटिल समस्या भोग्नु परेको छ ।

यस अघि पनि नगर प्रमुख पौडेलले स्थलगत अनुगमन गरि छिटो बाटो बनाउन अनुरोध गर्दा पनि निर्माणको काम अघि नबढेको भन्दै पत्रचार गरेको हो । बारम्बार ताकेता गर्दा पनि सडक निर्माणको काममा ढिलो भएको भन्दै मेयर पौडेलले रोकिएको काम तत्काल अगाडि बढाइदिन आग्रह सहित पत्रचार गरेको हो।
सडक निर्माणमा ढिलाई मात्र नभएर सडक खनेर अलपत्र पारेकोले सडकमा भएको खाल्डा खुल्डीका कारण दैनिक सयौंको संख्या साना सवारी चालकहरु दुर्घटना परी घाइते हुने गरेकाछन् ।

सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको बनाउन १० अर्ब ५८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । यो सडक निर्माण आर्थिक वर्ष २०७५र२०७६ भित्र गरिसक्नु पर्ने थियो ।
सेउतीबाट धरानको तीनकुनेसम्मको ठेकदारले भने सडक निर्माण गरीसकेको छ । त्यो सडक भन्दा पानीपिया सेउतीको सडक  निर्माण कार्यको शुरुवात पहिला भएको थियो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic