धरान एक्स्पोमा खेल तमासा खेलाउन रोक आयोजक तनावमा ठेकेदार घाटामा

  • फागुन ११, २०७९
  • १६,२९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ फागुन ः धरानमा विहिवारबाट शुरु भएको धरान एक्स्पो (मेला)मा खेल तमासा संचालनमा नगरपालिकाले रोक लगाएको छ ।

नगरपालिकाले खेल तमासा भित्र रोटेपिङ पर्ने र स्थानीय वासीलाई असर गर्ने भन्दै रोटेपिङ संचालनमा रोक लगाएको हो ।

आयोजकले मेलामा रोटेपिङ र अन्य खेलजन्य सामाग्रीको मनोरन्जन गर्न पाईने मेलाको आर्कषण रहेको भन्दै पत्रकार सम्मेलनमा वताएको थियो ।

आयोजक सुनसरी उद्योग वाणिज्य संघले रोटेपिङ संचालनको लागि ठेकेदारलाई ठेक्का दिएर रकम समेत लिएको थियो ।

ठेकेदारले मेला स्थल धरान–१६ स्थित धरान रंगशालाको तल्लो पट्टीको खेल मैदानमा तयारी समेत गरेको थियो ।

उद्घाटनको दिन नगरपालिकाले रोटेपिङ संचालनमा रोक लगाएपछि ठेकेदारलाई समस्या परेको छ ।

आयोजकले नगरपालिका र प्रशासनलाई मिलाएर संचालन गर्ने प्रयास गरेता पनि स्थानीय वासिले नगरपालिकालाई दवाव दिने नगरपालिकाको वुझाई रहेको छ ।

केही समय अघि पोखरामा भएको महोत्सवमा रोटेपिङबाट लडेर एक जनाको मृत्यु समेत भएको थियो । सो घटनाबाट सुनसरीको सुरक्षा निकाय समेत संवेदनशील वनेको छ ।

स्थानीयवासीले भने जनप्रिय नगरप्रमुखको जनहितकारी कार्य भएको भन्दै निर्णयको प्रसंशा गरेकाछन् । उनीहरुले कुनै पनि लोभ लालचमा नफसी आफ्नो निर्णयबाट एकइन्च पनि पछी नहटन मेयरलाई आग्रह समेत गरेकाछन् ।

खेलतमासा र रोटेपिङमा राम्रो कमाई हुने भएकोले आयोजक भित्रका केही व्यक्तिहरुले कमिसनमा लाइन मिलाएको चर्चा व्यापारीहरु माझ चलेको थियो । तर उद्घाटनका दिन पिङ संचालनमा रोक लागेपछि आयोजक तनावमा रहेको छ ।

आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले पिङमा रोक लगाएको स्विकार गर्दै वार्ता भइरहेको वताए ।

यता धरान नगरपालिकाका नगरप्रहरी प्रमुख विष्णु कोइरालाले नगरपालिका र सुरक्षा निकाय र आयोजकको सहमतिमा नै पिङ खेलमा रोक लगाएको वताए । उनले रोटेपिङ वन्द गराउने विषयमा आयोजकको पनि सहमति रहेको स्पष्ट पारेकाछन् ।

मेलाको उद्घाटन प्रदेश नं.१ का मुख्यमन्त्री हिक्मत कार्कीेले गरेका थिए ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic