धरान एक्स्पोमा खेल तमासा खेलाउन रोक आयोजक तनावमा ठेकेदार घाटामा

  • फागुन ११, २०७९
  • १६,३४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ फागुन ः धरानमा विहिवारबाट शुरु भएको धरान एक्स्पो (मेला)मा खेल तमासा संचालनमा नगरपालिकाले रोक लगाएको छ ।

नगरपालिकाले खेल तमासा भित्र रोटेपिङ पर्ने र स्थानीय वासीलाई असर गर्ने भन्दै रोटेपिङ संचालनमा रोक लगाएको हो ।

आयोजकले मेलामा रोटेपिङ र अन्य खेलजन्य सामाग्रीको मनोरन्जन गर्न पाईने मेलाको आर्कषण रहेको भन्दै पत्रकार सम्मेलनमा वताएको थियो ।

आयोजक सुनसरी उद्योग वाणिज्य संघले रोटेपिङ संचालनको लागि ठेकेदारलाई ठेक्का दिएर रकम समेत लिएको थियो ।

ठेकेदारले मेला स्थल धरान–१६ स्थित धरान रंगशालाको तल्लो पट्टीको खेल मैदानमा तयारी समेत गरेको थियो ।

उद्घाटनको दिन नगरपालिकाले रोटेपिङ संचालनमा रोक लगाएपछि ठेकेदारलाई समस्या परेको छ ।

आयोजकले नगरपालिका र प्रशासनलाई मिलाएर संचालन गर्ने प्रयास गरेता पनि स्थानीय वासिले नगरपालिकालाई दवाव दिने नगरपालिकाको वुझाई रहेको छ ।

केही समय अघि पोखरामा भएको महोत्सवमा रोटेपिङबाट लडेर एक जनाको मृत्यु समेत भएको थियो । सो घटनाबाट सुनसरीको सुरक्षा निकाय समेत संवेदनशील वनेको छ ।

स्थानीयवासीले भने जनप्रिय नगरप्रमुखको जनहितकारी कार्य भएको भन्दै निर्णयको प्रसंशा गरेकाछन् । उनीहरुले कुनै पनि लोभ लालचमा नफसी आफ्नो निर्णयबाट एकइन्च पनि पछी नहटन मेयरलाई आग्रह समेत गरेकाछन् ।

खेलतमासा र रोटेपिङमा राम्रो कमाई हुने भएकोले आयोजक भित्रका केही व्यक्तिहरुले कमिसनमा लाइन मिलाएको चर्चा व्यापारीहरु माझ चलेको थियो । तर उद्घाटनका दिन पिङ संचालनमा रोक लागेपछि आयोजक तनावमा रहेको छ ।

आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले पिङमा रोक लगाएको स्विकार गर्दै वार्ता भइरहेको वताए ।

यता धरान नगरपालिकाका नगरप्रहरी प्रमुख विष्णु कोइरालाले नगरपालिका र सुरक्षा निकाय र आयोजकको सहमतिमा नै पिङ खेलमा रोक लगाएको वताए । उनले रोटेपिङ वन्द गराउने विषयमा आयोजकको पनि सहमति रहेको स्पष्ट पारेकाछन् ।

मेलाको उद्घाटन प्रदेश नं.१ का मुख्यमन्त्री हिक्मत कार्कीेले गरेका थिए ।

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic