केही दिनका लागि भएपनि खेल तमासा संचालन गछौ –मेला संयोजक श्रेष्ठ संचालन गर्न दिने निर्देशन आएको छैन –नगरप्रहरी प्रमुख कोइराला

  • फागुन १२, २०७९
  • ६,४९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ फागुनः उद्घाटनको दिनवाटै संचालनका रोक लागेको खेल तमासा शुचारु हुने दावी मेला संयोजक सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल श्रेष्ठले दावी गरेकाछन् ।

नगरपालिकाले जुवा जन्य खेलको रुपमा रहेको भन्दै खेलतमासालाई संचालनमा रोक लगाएको थियो ।

मेला आयोजकले खेल तमासा संचालन गर्नका लागि ठेकेदारलाई ठेक्का दिएको थियो । ठेकेदारले सवै सामान ढुवानी गरी मेला स्थलमा खेल तमासा जडान समेत गरीसकेको थियो ।

उद्घाटनको दिन नगरपालिकाले संचालनमा रोक लगाएपछि ठेकेदारलाई समस्या परेको छ । नगरपालिकाले मेला संचालनमा सहयोग गरेपनि खेलतमासामा रोक लगाएपछि आयोजकलाई घाटा हुने निश्चित प्राय रहेको छ ।

मेलाको प्रमुख स्रोतको रुपमा रहेको खेल तमासालाई रोक लगाएपछि आयोजकको पहिलो गासमा नै ढुङ्गा लागेको छ ।

खेलतमासा संचालनको लागि पहल भइरहेको र छिट्टै संचालनमा आउने संयोजक श्रेष्ठको दावी रहेको छ ।

उनले भने हामी पहल गरीरहेका छौं अन्य कुरा चलिरहेकै छ रोकिएको त पिङ न हो पिङ संचालनमा ल्याउन नसके ठेकेदारलाई सामान ल्याएको र लैजाने ढुवानीको खर्च र केही लागेको घाटा संघले व्यहोर्ने समेत वताए ।

विगतको मेलामा जस्तो यस पटक भने कुनै रौनक देखिएको छैन् । स्टल महंगो भएको कारण हरेक होटालका स्टलमा खानेकुरा समेत निक्कै महंगो रहेको त्याहा जानेहरुले वताएकाछन् ।

खेल तमासा संचालनका विषयमा नगरप्रहरी प्रमुख विष्णु कोइरालाले भने संचालनको लागि कुनै निर्देशन नआएको वताए । खोल्नको लागि निर्देशन नआएसम्म वन्द गरीने वताए ।

 

 

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic