केही दिनका लागि भएपनि खेल तमासा संचालन गछौ –मेला संयोजक श्रेष्ठ संचालन गर्न दिने निर्देशन आएको छैन –नगरप्रहरी प्रमुख कोइराला

  • फागुन १२, २०७९
  • ६,४४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ फागुनः उद्घाटनको दिनवाटै संचालनका रोक लागेको खेल तमासा शुचारु हुने दावी मेला संयोजक सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल श्रेष्ठले दावी गरेकाछन् ।

नगरपालिकाले जुवा जन्य खेलको रुपमा रहेको भन्दै खेलतमासालाई संचालनमा रोक लगाएको थियो ।

मेला आयोजकले खेल तमासा संचालन गर्नका लागि ठेकेदारलाई ठेक्का दिएको थियो । ठेकेदारले सवै सामान ढुवानी गरी मेला स्थलमा खेल तमासा जडान समेत गरीसकेको थियो ।

उद्घाटनको दिन नगरपालिकाले संचालनमा रोक लगाएपछि ठेकेदारलाई समस्या परेको छ । नगरपालिकाले मेला संचालनमा सहयोग गरेपनि खेलतमासामा रोक लगाएपछि आयोजकलाई घाटा हुने निश्चित प्राय रहेको छ ।

मेलाको प्रमुख स्रोतको रुपमा रहेको खेल तमासालाई रोक लगाएपछि आयोजकको पहिलो गासमा नै ढुङ्गा लागेको छ ।

खेलतमासा संचालनको लागि पहल भइरहेको र छिट्टै संचालनमा आउने संयोजक श्रेष्ठको दावी रहेको छ ।

उनले भने हामी पहल गरीरहेका छौं अन्य कुरा चलिरहेकै छ रोकिएको त पिङ न हो पिङ संचालनमा ल्याउन नसके ठेकेदारलाई सामान ल्याएको र लैजाने ढुवानीको खर्च र केही लागेको घाटा संघले व्यहोर्ने समेत वताए ।

विगतको मेलामा जस्तो यस पटक भने कुनै रौनक देखिएको छैन् । स्टल महंगो भएको कारण हरेक होटालका स्टलमा खानेकुरा समेत निक्कै महंगो रहेको त्याहा जानेहरुले वताएकाछन् ।

खेल तमासा संचालनका विषयमा नगरप्रहरी प्रमुख विष्णु कोइरालाले भने संचालनको लागि कुनै निर्देशन नआएको वताए । खोल्नको लागि निर्देशन नआएसम्म वन्द गरीने वताए ।

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic