२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो खेलमा कर्साङसँग आयोजक धरान पराजित

  • फागुन १४, २०७९
  • १,१७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ फागुन ःशनिवारबाट शुरु भएको २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो खेलमा आयोेजक धरान भारत कर्साङको युकेएफसिसँग पराजित भएको छ ।

शनिवार भएको उद्घाटन खेलमा टाइब्रेकरमा ५–३ ले आयोजक धरान फुटवल क्लव युकेएफसिसंग पराजित भएको हो ।

धरान १६ स्थित रंगशालामा शनिबार भएको उद्घाटन खेलमा निर्धारित समयको खेलमा दुवै टिमबाट कुनै खेल हुन नसकेपछि सिधै टाइब्रेकर भएको थियो ।

टाइब्रेकरमा कर्साङका तर्फबाट सिद्धान्त क्षेत्री, सुब्रत सोरेन, साहिल राई, आकाश प्रधान र राज राउतले गोल गरेका थिए ।

यता धरानका खेलाडीहरु दोर्जे तामाङ, मदन लाबुङ र रोमन लिम्बुले टाइब्रेकरमा गोल गरेपनि विजयको यात्रा तय गर्न भने असफल भएका थिए ।

खेलको म्यान अफ दि म्याच कर्साङका गोलकिपर मनोज प्रधान घोषित भए । उनले नगद १० हजार पाए भने उद्घाटन खेलमा ब्रिटिश गोर्खा बिग्रेड ब्याण्डकोतर्फबाट थप २५ हजार गरि कुल ३५ हजार नगद पुरस्कार पाउन सफल भएका थिए ।

प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीले नगद १० हजार पाउनेछन् भने प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइनेछ ।

आइतवारको खेल बागमती युथ क्लब सर्लाही र एभेनियर एफसि क्यामरुनबीच खेल हुने आयोजक धरान फुतटबल क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटन धरानका मेयर हर्क साम्पाङ राईले गरेका थिए ।
कोरोनाका कारण विगत दुइवर्ष देखि वुढासुव्वा गोल्डकप हुन सकेको थियो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic