२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो खेलमा कर्साङसँग आयोजक धरान पराजित

  • फागुन १४, २०७९
  • १,२३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ फागुन ःशनिवारबाट शुरु भएको २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो खेलमा आयोेजक धरान भारत कर्साङको युकेएफसिसँग पराजित भएको छ ।

शनिवार भएको उद्घाटन खेलमा टाइब्रेकरमा ५–३ ले आयोजक धरान फुटवल क्लव युकेएफसिसंग पराजित भएको हो ।

धरान १६ स्थित रंगशालामा शनिबार भएको उद्घाटन खेलमा निर्धारित समयको खेलमा दुवै टिमबाट कुनै खेल हुन नसकेपछि सिधै टाइब्रेकर भएको थियो ।

टाइब्रेकरमा कर्साङका तर्फबाट सिद्धान्त क्षेत्री, सुब्रत सोरेन, साहिल राई, आकाश प्रधान र राज राउतले गोल गरेका थिए ।

यता धरानका खेलाडीहरु दोर्जे तामाङ, मदन लाबुङ र रोमन लिम्बुले टाइब्रेकरमा गोल गरेपनि विजयको यात्रा तय गर्न भने असफल भएका थिए ।

खेलको म्यान अफ दि म्याच कर्साङका गोलकिपर मनोज प्रधान घोषित भए । उनले नगद १० हजार पाए भने उद्घाटन खेलमा ब्रिटिश गोर्खा बिग्रेड ब्याण्डकोतर्फबाट थप २५ हजार गरि कुल ३५ हजार नगद पुरस्कार पाउन सफल भएका थिए ।

प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीले नगद १० हजार पाउनेछन् भने प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइनेछ ।

आइतवारको खेल बागमती युथ क्लब सर्लाही र एभेनियर एफसि क्यामरुनबीच खेल हुने आयोजक धरान फुतटबल क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटन धरानका मेयर हर्क साम्पाङ राईले गरेका थिए ।
कोरोनाका कारण विगत दुइवर्ष देखि वुढासुव्वा गोल्डकप हुन सकेको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic