नेवार एकता समाजको अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

  • फागुन १४, २०७९
  • ४,८२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५,फागुन ः धरानमा सिंगो नेवार समुदायको नेतृत्व गर्न सफल नेवारहरुको संस्था नेवार एकता समाजको केन्द्रीय अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित भएकाछन् ।

शनिवार भएको निर्वाचनमा श्रेष्ठ निर्विरोध निर्वाचित वनेका हुन् ।अध्यक्षमा श्रेष्ठको मात्र उमेद्वारी परेको थियो ।

यस अघि उपाध्यक्ष र संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयनका लागि पूर्व अध्यक्ष विशाल श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेशमान श्रेष्ठले समेत पहल गरेका थिए ।

त्यसैगरी १० जना सदस्य पदका लागि १८ जनाको उम्मेद्वारी परेको थियो । ७ जनाले उम्मेद्वारी फिर्ता लिएपछि १० जना सर्वसम्मत निर्वाचित भएका थिए ।

निर्वाचित सदस्यहरुमा सुमन श्रेष्ठ, सुरेन्द्र स्थापित, हिमाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, विद्या शाक्य,मन्जुला श्रेष्ठ, विष्णु श्रेष्ठ ९सुन्दरी०मोहन श्रेष्ठ,हरीकृष्ण श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शरदरत्न पार्थिवले जानकारी दिएकाछन् ।

निर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो जाति समुदायको भाषिक, सास्कृतिक राजनीतिक अधिकारको पक्षमा आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।

उनले कुनै पनि संस्था वा संगठन एक्लैले संचालन गर्न नसकिने वताउने संस्थालाई चलाएमान वनाउनको लागि टिमको महत्वपूर्ण भूमिका हुने भएकोेले सवैको सहयोग लिएर संस्थालाई अघि वढाउने वताएकाछन् ।

श्रेष्ठले संस्थाले यस अघि गरेका कामहरुलाई संस्थागत गर्दै नया योजनाका साथ अघि वढने थप प्रतिवद्धता जनाएकाछन् ।

निर्वाचित सदस्यहरुमध्ये बाट एक महिला उपाध्यक्ष, २ पुरुष उपाध्यक्ष, १ महासचिव र १ सचिव र १ कोषाध्यक्ष चयन गरीने व्यवस्था विधानमा रहेको रहेको छ ।

निर्वाचित कार्यसमितिले १० जना मनोनित गरी २१ जनाको कार्यसमिति रहनेछ ।

निर्वाचित कार्यसमितिको पदस्थापना चैत ४ गतेका लागि तय गरीएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic