फागुन १७ गतेबाट धरानमा नाटक ‘कुमार मामा’ मञ्चन हुने

  • फागुन १६, २०७९
  • २,५०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ फागुन ः पछिल्लो समय धरानमा नाटकलाई व्यवायिककरण गर्ने प्रयास भईरहेको छ ।

केही समय अघि खुवालुङ नाटक धरानमा निकै लोकप्रिय वनेको थियो । दर्शकहरुले टिकट काटेर हल नै खचाखच हुने गरी भरीएका थिए ।

नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष तथा लेखक पत्रकार जनकऋषि राईको कथा ‘कुमार मामा’ को नाटय रुपान्तरण मंगलवार (आज)बाट धरानमा मंचन हुँदैछ ।

नाटकको निर्देशन धेरै दर्शकले रुचाइएको नाटक ‘इंघक’ का निर्देशक तथा रंगभूमि एकेडेमीका संचालक बिष्णु मोक्त्तानले गरेकाछन् ।

मोक्तानका अनुसार ‘कुमार मामा’ ले राजनीतिबाट पिल्सिएको एउटा पात्रको जीवनको आरोह–अवरोहको कथा बोलेको छ ल्क्त् बताए ।

नाटकमा निर्देशक मोक्तानसँगै उदय बेघा लिम्बू, सजेस्ट घायल राई, विकास कुलुङ, मानबहादुर राई, दीपेन्द्र राई, एलिना रुम्दाली, करिस्मा छेत्री, एन्जल तामाङ लयागत १५ जना कलाकारहरुले अभिनय गर्ने निर्देशक मोक्त्तानले जानकारी दिए ।

देशको राजनीतिक परिवर्तनपछि हरेक मान्छेका आशा, विश्वास, सपना, जिम्मेवारी, इच्छा, चाहाना र जीवन भोगाइको आरोह अवरोह नाटकमा प्रस्तुत गर्ने निर्देशक मोक्त्तानले बताए ।

१ घण्टा २० मिनेटको समय रहेको नाटक ‘कुमार मामा’ धरान ८ स्थित सभागृहमा हरेक दिन ४ बजे देखी मञ्चन हुनेछ । टिकटदर भने बिधार्थीको लागी रु ३०० र अन्य रु ५०० राखिएकोछ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic