छाल खवर
काठमाडौं, १९ फागनु ः तीन पार्टी निकट विद्यार्थी संगठनहरुवीच स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहकार्य गर्ने भएकाछन् ।
रानीतिक पार्टीहरु नेकपा एकीकृत समाजवादी ,नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनबीच निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो ।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू कांग्रेसको भ्रातृ संस्था नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारीबीच स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो ।
अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा बसेको विद्यार्थी संगठनबीच तीन बुँदे सहमति भएको अनेरास्ववियूकी महासचिव आरती लामाले जानकारी दिएकिछन् ।
अनेरास्ववियूकी महासचिव आरती लामा ,नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, बीच सहमति भएको हो ।
तीन विद्यार्थी संगठनले चैत ५ गते हुने स्ववियु निर्वाचन जस्तोसुकै परिस्थितिमा पनि सम्पन्न गर्न साझा प्रतिबद्धता व्यक्त गरेको विद्यार्थी संगठनका नेताहरुले बताएका छन् ।स्ववियु निर्वाचन मा सहकार्य गरेर अगाडि बढ्ने उनीहरुको भनाइ छ ।
यसअघि स्ववियु निर्वाचनमा तालमेल गर्न नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले तीन सदस्यीय कार्यदल बनाइसकेका छन् ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic