हराइजन टुबोर्ग रनिङ कप बास्केटबल फागुन २१ देखी

  • फागुन २०, २०७९
  • ५,६२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० फागुन ः खेलकुदको शहर धरानमा एकपछि अर्को गरेर खेलकुद प्रतियोगिता आयोजना हुने गरेको छ ।

धरानमा जारी अन्तर्राष्ट्रिय वुढासुव्वा गोल्डकपको फाइनल हुने अन्तिम दिनको भोलीपल्ट बास्केट बलको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

धरानमा आयोजना हुन लागेको प्रथम राष्ट्रिय बास्केटबल प्रतियोगिताको सातौँ संस्करण फागुन २१ गते देखी सञ्चालन हुने निश्चित भएको आयोजकले जनाएको छ ।

आयोजक हराइजन क्लब, धरानले शुक्रवार धरानमा पत्रकार सम्मेलन गरी हराइजन टुबोर्ग रनिङ कप बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकरी दिएको हो ।

आयोजकले २०६९ साल देशी सुरु भएको हराइजन रनिङकप काठमान्डु उपत्यका बाहिर सञ्चालन हुँदै आएको नेपालको पहिलो बास्केटबल प्रतियोगिता भएको दावी गरेको छ ।

आयोजकले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताम ागत वर्षको विजेता टाइम्स क्लब, काठमान्डु सहित पहिलो पटक विभागीय टिम नेपाल पुलिस क्लब, काठमान्डु पनि बास्केटबल मैदानमा उत्रिने भएको छ ।

साबिक उपविजेता विभागीय टिम त्रिभुवन आर्मी क्लब, काठमान्डु सहित सातौँ प्रतियोगितामा ८ टिम सहभागी हुँदैछन् ।

सहभागी टिमहरूमा पहिलो पटक मधेस प्रदेश टिम र मोरङ बास्केटबल सङ्घ, झापा बास्केटबल सङ्घ, होलिल्याण्ड धरान र आयोजक हराइजन बास्केटबल प्रतियोगिताको मैदानमा उत्रिने भएका छन् ।

आयोजक क्लवका अध्यक्ष श्रीभक्त राईले काठमान्डु उपत्यका पछि बास्केटबलको उर्वर भूमि धरान भएको उल्लेख गरेकाछन् ।

उनले हराइजन क्लबले आयोजना गर्दै आएको राष्ट्रिय प्रतियोगिता राष्ट्रिय टिमहरूका लागि आकर्षणको विषय बन्दै गएको उनको दावी समेत रहेको छ ।

पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी अनुसार प्रतियोगीताका विजेता टिमलाई १ लाख, ११ हजार १११ रुपैया नगद पुरस्कार सहित रनिङ शिल्ड प्रदान गरिने छ । उपविजेता टिमले ५५ हजार, ५५५ रुपया नगद पुरस्कार सहित ट्रफि पाउने छ ।

प्रतियोगीताका उत्कृष्ट खोलाडिहरुलाई व्यक्तिगत पुरस्कार पनि प्रदान गरिने बताइएको छ । उक्त पुरस्कार रकम अहिले सम्मका बास्केटबल प्रतियोगिताको ठुलो हो ।

क्लबका निवर्तमान अध्यक्ष वसन्त राईले प्रतियोगिताको आयोजनले धरानलाई खेलकुद पर्यटनको गन्तव्य बनाउन सहयोग पुर्‍याउँदै आएको उल्लेख गरेकाछन् ।

धरान उपमहानगरपालिकाको संयोजनमा भएको सो प्रतियोगितामा गोर्खा ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ ।

प्रतियोगीतालाई धरान सत्र समाज, हङकङ, सेन्ट जोसेफ इङ्लिस स्कुल, धरान, एम्स एकेडेमी स्कुल, धरानले सह प्रायोजन गरेको आयोजकले जनाएको छ ।

धरान युके समाज, बहराइन धरान समाज, मुनसाइन अनलाइन लिकर, मिलन कोयी एण्ड फ्रेण्डस हङकङको विशेष सहयोग रहको बताइएको छ ।

फागुन २१ गते देखि शुरुहुने सो खेल फागुन २७ गते फाइनलहुनेछ प्रतियोगिता धरान–१७ श्री घोपा मावि परिसर स्थित हराइजन बास्केटबल कोर्टमा हुनेछ ।

प्रतियोगिता सञ्चालनमा कुल खर्च ८ लाख, ८६ हजार, ६६६ रुपैया लाग्ने तथा अनुमानित आम्दानी ११ लाख, ४० हजार रुपैया सङ्कलन हुने गरिएको छ ।

सुनाखरी एकेडेमीमा ६५ जनाले दिए प्रवेश परीक्षा

छाल खवरधरान,१९ असार –सुनाखरी एकेडेमी धरानले बिहीवार कक्षा–११ मा ...

हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ अनुशासन, गु

धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ स्थित एक ...

हिविस्कसमा एईईमा उर्तीण विद्यार्थीहरुलाई सम्मान

छाल खवरधरान,१७असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले एस.ई.ई पर ...

एसई.ई. स्पिकर–२०८१ को उपाधि झापाका आबिष्कार राउतल

धरानर ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एस ...

हिविस्कस वोडिङ स्कुलमा सरसफाई अवार्ड

छाल खवरधरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले व्यवहारीक ...

विजयपुर हस्पिटलमा ७१ बर्षीया बृद्धाको कृतिम घुँड

छाल खवर धरान,१०जेठः धरानको नीजि क्षेत्रको एकमात्र अस्पताल विजयपुर हस्पिटलमा ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic