लिवर्टीका विद्यार्थी र शिक्षकहरुवीच दोहोरीको घम्साघम्सी प्ले जोन संचालनमा

  • फागुन २९, २०७९
  • ६,५८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ फागुन ः
शिक्षक ःआजकल किन स्कुल जादैनो स्कुल जादैनौ
आउछौं फेरी भनेको मान्दैनौ.
मैले के गरु,
स्कुल आउछौं कि घरमा फोन गरौं ।
विद्यार्थी ःहे रातभरी पढदा नै रात जान्छ रात जान्छ
उठदा उठदै विहानको १० वज्छ मैले के गरु ।
वरु विहानै घरमा फोन गर्नु बरु विहानै घरमा फोन गर्नु ।
यस्तो शिक्षक र विद्यार्थीहरुको दोहोरीको घम्साघम्सी चलीरहदा अभिभावकको तालिको गडगडाहट तालि गुन्जिएको थियो
अभिभावकहरुको खचाखच भीड थियो । एक छेउमा शिक्षक टोली र अर्र्को छेउमा विद्यार्थीहरुको टोली नेपाली पोशाकमा सजिएर वसेका थिए । त्यही खचाखच भीडका विच शिक्षक र विद्यार्थीहरुवीच शुरु भयो दोहोरीको घम्साघम्सी । दोहोरी पनि यस्तो थियो जो मनोरन्जन मात्र नभएर शिक्षक र विद्याथीहरुवीच सन्देश मुलक शिक्षा समेत रहेको थियो ।
धरान–११ स्थित लिवर्टी रेसिडेन्सियल स्कुलले बालबालिकाहरुको लागि प्ले जोन संचालनमा ल्याएको छ ।
स्कुलले सोमवार अभिभावकसंग सास्कृतिक कार्यक्रम तथा प्ले जोन उद्घाटन समारोहको आयोजना गरी सो प्ले जोन संचालनमा ल्याएको हो ।
जोनको उद्घाटन वडाध्यक्ष लोकेन्द्र फागो लिम्वुले रिवन काटेर उद्घाटन गरेका थिए ।
प्ले ग्रुपदेखी कक्षा–५ सम्मका बिद्यार्थीहरुलाई खेल्नका लागि प्ले जोन निर्माण गरिएको स्कुलका निर्देशक तेजमान लिम्वुले जानकारी दिएकाछन् । उनका अनुसार सोको लागत १० लाख रुपैया रहेको निर्देशक लिम्वुले जानकारी दिएकाछन् ।

cover photo hhhh
कार्यक्रममा वोल्दै कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष फागो लिम्वुले लिबर्टी स्कुलले अतिरिक्त क्रीयाकलापका साथै गुणस्तरिय शिक्षा प्रदान गर्नमा ठूलो योगदान पुर्याएको बताए।
अभिभावकहरुलाई मनोरन्जन प्रदान गर्न र बिद्यार्थीहरुका प्रतिभालाई प्रष्फुटन गर्ने उद्येस्यले सान्स्कृतिक कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रिन्सिपल भगत लिम्वुले बताए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले मन्तब्य ब्यक्त गरे।
यस्ता सान्स्कृतिक कार्यक्रमले बिद्यालय र अभिभावकहरु बिचको सम्बन्ध सुमधुर हुने महासंंघका अध्यक्ष राईले बताए। स्कुलका भाइस प्रीन्सिपल धिरेन लिम्बुले स्कुलले बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नुका साथै असल सन्स्कार र अनुशासनमा पनि उत्तिकै जोड दिएको बताए। अभिभावकहरुको तर्फबाट पेमा तामाङले मन्तब्य ब्यक्त गरे। बिद्यार्थीहरुको जग बलियो भयो भने मात्र भबिष्य उज्ज्वल हुने अभिभावक तामाङले बताए।
कार्यक्रममा स्कुलका शिक्षक र बिद्यार्थीबीच सन्देस मुलक लोकदोहोरीकाो घम्साघम्सी परेको थियो । गीत प्रस्तुत गर्दा अभिभावकहरुले पूर्ण मनोरन्जन लिएका थिए । अहिलेका नया पुस्ताका बिद्यार्थीहरुलाई आफ्नो परम्परागत कला, संस्कार, संस्कृती कसरी जगेर्ना गर्नुपर्छ भन्ने सन्देस दिनका लागि लोक दोहोरी गीत प्रस्तुत गरिएको स्कुलका भाईस प्रीन्सिपल धिरेन लिम्बुको भनाई रहेको छ ।
कार्यक्रम अवधिभर बिद्यार्थीहरुले फेसन शो, आकर्षक नृत्य, र गीत प्रस्तुत गरे।कार्यक्रमको सन्चालन शिक्षकद्वय अनिता भुजेल र अरुण राईले गरेका थिए ।

2 1  5 6 8 7 4 9 10 11 14 17 335343125_3494484570834902_5005017617286545239_n 19 18 12 pppppppppppppp 13 ggggggggggggg yyyyy cover photo 1 hhhh 1 ddddddddddddddddddddddddddddddddddd 16 15

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic