लिवर्टीका विद्यार्थी र शिक्षकहरुवीच दोहोरीको घम्साघम्सी प्ले जोन संचालनमा

  • फागुन २९, २०७९
  • ६,६२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ फागुन ः
शिक्षक ःआजकल किन स्कुल जादैनो स्कुल जादैनौ
आउछौं फेरी भनेको मान्दैनौ.
मैले के गरु,
स्कुल आउछौं कि घरमा फोन गरौं ।
विद्यार्थी ःहे रातभरी पढदा नै रात जान्छ रात जान्छ
उठदा उठदै विहानको १० वज्छ मैले के गरु ।
वरु विहानै घरमा फोन गर्नु बरु विहानै घरमा फोन गर्नु ।
यस्तो शिक्षक र विद्यार्थीहरुको दोहोरीको घम्साघम्सी चलीरहदा अभिभावकको तालिको गडगडाहट तालि गुन्जिएको थियो
अभिभावकहरुको खचाखच भीड थियो । एक छेउमा शिक्षक टोली र अर्र्को छेउमा विद्यार्थीहरुको टोली नेपाली पोशाकमा सजिएर वसेका थिए । त्यही खचाखच भीडका विच शिक्षक र विद्यार्थीहरुवीच शुरु भयो दोहोरीको घम्साघम्सी । दोहोरी पनि यस्तो थियो जो मनोरन्जन मात्र नभएर शिक्षक र विद्याथीहरुवीच सन्देश मुलक शिक्षा समेत रहेको थियो ।
धरान–११ स्थित लिवर्टी रेसिडेन्सियल स्कुलले बालबालिकाहरुको लागि प्ले जोन संचालनमा ल्याएको छ ।
स्कुलले सोमवार अभिभावकसंग सास्कृतिक कार्यक्रम तथा प्ले जोन उद्घाटन समारोहको आयोजना गरी सो प्ले जोन संचालनमा ल्याएको हो ।
जोनको उद्घाटन वडाध्यक्ष लोकेन्द्र फागो लिम्वुले रिवन काटेर उद्घाटन गरेका थिए ।
प्ले ग्रुपदेखी कक्षा–५ सम्मका बिद्यार्थीहरुलाई खेल्नका लागि प्ले जोन निर्माण गरिएको स्कुलका निर्देशक तेजमान लिम्वुले जानकारी दिएकाछन् । उनका अनुसार सोको लागत १० लाख रुपैया रहेको निर्देशक लिम्वुले जानकारी दिएकाछन् ।

cover photo hhhh
कार्यक्रममा वोल्दै कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष फागो लिम्वुले लिबर्टी स्कुलले अतिरिक्त क्रीयाकलापका साथै गुणस्तरिय शिक्षा प्रदान गर्नमा ठूलो योगदान पुर्याएको बताए।
अभिभावकहरुलाई मनोरन्जन प्रदान गर्न र बिद्यार्थीहरुका प्रतिभालाई प्रष्फुटन गर्ने उद्येस्यले सान्स्कृतिक कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रिन्सिपल भगत लिम्वुले बताए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले मन्तब्य ब्यक्त गरे।
यस्ता सान्स्कृतिक कार्यक्रमले बिद्यालय र अभिभावकहरु बिचको सम्बन्ध सुमधुर हुने महासंंघका अध्यक्ष राईले बताए। स्कुलका भाइस प्रीन्सिपल धिरेन लिम्बुले स्कुलले बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नुका साथै असल सन्स्कार र अनुशासनमा पनि उत्तिकै जोड दिएको बताए। अभिभावकहरुको तर्फबाट पेमा तामाङले मन्तब्य ब्यक्त गरे। बिद्यार्थीहरुको जग बलियो भयो भने मात्र भबिष्य उज्ज्वल हुने अभिभावक तामाङले बताए।
कार्यक्रममा स्कुलका शिक्षक र बिद्यार्थीबीच सन्देस मुलक लोकदोहोरीकाो घम्साघम्सी परेको थियो । गीत प्रस्तुत गर्दा अभिभावकहरुले पूर्ण मनोरन्जन लिएका थिए । अहिलेका नया पुस्ताका बिद्यार्थीहरुलाई आफ्नो परम्परागत कला, संस्कार, संस्कृती कसरी जगेर्ना गर्नुपर्छ भन्ने सन्देस दिनका लागि लोक दोहोरी गीत प्रस्तुत गरिएको स्कुलका भाईस प्रीन्सिपल धिरेन लिम्बुको भनाई रहेको छ ।
कार्यक्रम अवधिभर बिद्यार्थीहरुले फेसन शो, आकर्षक नृत्य, र गीत प्रस्तुत गरे।कार्यक्रमको सन्चालन शिक्षकद्वय अनिता भुजेल र अरुण राईले गरेका थिए ।

2 1  5 6 8 7 4 9 10 11 14 17 335343125_3494484570834902_5005017617286545239_n 19 18 12 pppppppppppppp 13 ggggggggggggg yyyyy cover photo 1 hhhh 1 ddddddddddddddddddddddddddddddddddd 16 15

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic