प्रेस सेन्टर सुनसरीको साधारण सभा सम्पन्न

  • फागुन ३०, २०७९
  • १४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० फागुन ः प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

इटहरी–६ स्थित पिस जोन स्कुलको हलमा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य निर्मल बराल प्रमुख आतिथि थिए।

पार्टीको सुनसरी जिल्ला इन्चार्ज समेत रहेका बरालले बदलिएको परिस्थितिमा पत्रकारहरुले आफूलाई समाहित गरि संचारकर्म गर्न आग्रह गरे ।

उनले भने–‘प्रविधिको विकासले पत्रकारलाई अझ दक्ष बन्नु पर्ने अवस्था सिर्जना भएको छ ।’ उनले पार्टीले जनसंबन्ध सुदृढिकरण अभियान संचालन गरिरहेकोले प्रेस सेन्टरले यसलाई सफल बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।

त्यसैगरि अर्का केन्द्रीय सदस्य मुक्सामहाङ्ग मेन्याङ्वो (मुकेश) ले माओवादी नेतृत्वलाई अहिले चौतर्फी घेराबन्दी गर्दै शान्ति प्रक्रिया भांड्ने कोसिस भइरहेकोले प्रेस सेन्टरले त्यसको शसक्त प्रतिवाद गर्नुपर्ने बताए ।

news photo finfl 9

उनले कोसी प्रदेशको नामाकारणले पहिचानवादीको अस्तित्व संकटमा परेकोले पहिचानसहितको पत्रकारिता गर्न प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुलाई आग्रह गरे ।

सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतमले संगठनले देशैभरि हस्तक्षेपकारी भूमिका खेलिरहेको बताए ।

नेपाल पत्रकार महासंघ कोसी प्रदेश महासचिवसमेत रहेका गौतमले महासंघ सुद्धिकरण अभियानमा रहेकोले त्यसमा सचेत रहन आग्रहसमेत गरे ।

सेन्टरका कोसी प्रदेश अध्यक्ष विनोद घिमिरेले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्दै कोसी प्रदेशका जिल्ला संगठनहरुमध्ये सुनसरी गतिशिल रहेको बताए ।

news photo0 = 5

त्यसैगरि, पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल प्रेस युनियन कोसी प्रदेश महासचिव संजिव वाग्लेले पनि साधारणसभाको शुभकामना दिंदै सेन्टरसँगको चलिरहेको सहकार्यलाई दिर्घकालीन रुपमा अघि बढाउन युनियन इच्छुक रहेको बताए ।

साधारणसभाको अवसरमा इटहरीका सक्रिय पत्रकार प्रकाश बन्जरा प्रेस सेन्टरमा प्रवेश गरेका थिए । उनलाई सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, उपमहासचिव राजन केडी लगायतले संगठनमा स्वागत गरेका छन् । शनिबारको साधारणसभाले बन्जरालाई प्रेस सेन्टरको सुनसरी सचिवमा मनोनितसमेत गरेको छ ।

साधारणमा सेन्टरका सुनसरी जिल्ला अध्यक्ष तिर्थ कार्कीले सांगठानिक प्रतिवेदन पेश गरेका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष विनिता कटुवालले प्रस्तुत गरेकी थिइन् । दुवै प्रतिवेदनलाई साधारणसभाले अनुमोदन गरेको छ ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यहरु केशब घिमिरे, अर्जुन शर्मा, श्रीसिसा राई, सन्चार बिज्ञ एबम लेखक राजेन्द्र किराति, नेकपा माओवादी केन्द्रका इटहरी अध्यक्ष बहादुर तामाङ, केन्द्रका इटहरी इन्चार्ज मदन चुडाल लगायतको उपस्थिती थियो।

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic