कम्यूनिष्ट पार्टी भित्रका इतिहास खोकु छिन्ताङ र आँखिसल्ला (२०३६) र इलामका रत्नकुमार वान्तावा (२०३५) को ऐतिहासिक दस्तावेजमा खोज्नेक्रममा फेला परेका दुई ऐतिहासिक पात्रहरु अहिले धरानमा छन् । दुबैलाई आमने सामने देख्न पाए अनि उनीहरुको एक अर्कामा भएको ऐतिहासिकताको पुर्नपुष्टी भनौ वा नयाँ पुस्तामा प्रत्यक्ष साझा गर्न पाए । इतिहासले जहिले बर्तमानलाई निर्देशन गरिरहने अनि इतिहासले भविष्यलाई पनि गज्जबले प्रभाव पार्ने हैसियत राख्ने हुनाले यहाँ परदेश बसेर पनि घरदेशको सम्झनामा केही लेख्न मनलाग्यो । यी दुई पात्र हुन कवि बम देवान अनि नेता शुशिला श्रेष्ठ । श्रेष्ठ जनता समाजबादी पार्टीबाट प्रतिनिधी सभा सदस्यका छिन् । अझ भनौं सुनसरी क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य, एउटा निष्ठानवान व्यक्ति अशोक राईकी जीवन संगिनी पनि हुन । धेरै नेताका श्रीमतिहरु आफ्ना श्रीमानबाट चिनिएका छन् । तर शुशिला भने यस्ती व्यक्ति हुन् जो संघर्ष गरेर आफै चिनिएकिछन् । मनमा एउटा सधै प्रश्न उब्जन्छ, शहिद रत्नकुमार बान्तवालाई गोली लाग्दा क. शुशिलालाई किन लागेन ? यही कथा यहाँ पस्कन खोजीएको छ ।
तस्विरमा बम देवान, रत्न बान्तवा, जीवन न्यौपाने, गणेश राई, झलनाथ खनाल ।
दुबै मेरा आदयणीय पात्रहरु शुशिला र बम देवान अहिले धरानमा छन । दुबैको भेट हुनु पर्छ । अनि भेटेर इतिहासलाई फेरी एकपटक पुनरावलोकन गर्नुपर्छ । छिन्ताङ काण्ड भनेर जहाँ २०३६ सालमा धनकुटाको खोकु छिन्ताङ र आँखीसल्लामा १६ जनाको नरसंहार भएको थियो । जहाँ शिक्षक बनेर बम देवान र गोविन्द विकल २०३१ सालतिर साम्बुङ गाँउको स्कुल पुगेका थिए । अनि संगठन बनाएका थिए । त्यही संगठनको बलले नै छिन्ताङको बलिदान अहिले पनि इतिहासमा दुरुस्त छ ।
नेपाल कम्यूनिष्ट पार्टी २०३५ सालको पुस ११ गते पार्टी स्थापना भएको थियो । फागुुन २१ गते पर्चाहरु देशब्यापी रुपमा छर्ने भन्ने थियो । शुशिला श्रेष्ठ ताप्लेजुङबाट काठमाण्डु पढ्न आएर पार्टी सम्पर्कपछि भुमिगत भएर इलाम हुदै ताप्लेजुङ संगठनको लागी हिडेकी थिइन, चैतको दोश्रो साता । महेश (रत्नकुमार वान्तावाको पार्टीको नाम) संग इटहरी मै भेटे पछि इलाम हुँदै ताप्लेजुङसम्म पु¥याउने जिम्मा दिएको थियो । भुमिगत नेतृ शुशिलाको काठामाण्डुबाट हिडेको बस ढिला आईपुग्नुले महेशसँग इटहरीमा पहिलो भेट हुन सकेन । त्यसपछि झापामा पार्टीको सम्पर्कमा आएपछि भने उनलाई लिन चैत १७ गते महेशका भतिज अगम बान्तावा लिन आएका थिए ।
इलामको एउटा गाउँमा रत्न वान्तावा, बम देवान र शुशिला श्रेष्ठ ।
इलामको चित्रेमा रत्नकुमारले जनता संगठन गरेर शासकहरुको चिन्ता बढाई रहेका थिए । बम देवानहरु धनकुटामा संगठन गरेर विभिन्न आन्दोलन चलाएर शासकलाई चुनौति दिइरहेका थिए । इलाम र धनकुटाको दुबै समय चक्रलाई हेर्दा २०३० साल देखी २०३६ सालसम्म केही महिना या हप्ताको फरक छ । आन्दोलन र संगठनको प्रकृती मिल्छ । जनता जागेका थिए । हतियार नउठाई हुन्न भनेको थिए । अनि शारिरीक र मानसिक रुपमा तयारी गर्दै रहेको थिए । इलाममा भने रत्नकुमार वान्तावाले स्थायी गुरिल्ला यूद्धको यौटा आधार शिविर खडा गर्न सूरुङ यूद्धको तयारी गरी रहेका थिए ।
त्यो बेलाका कवि तथा कम्यूनिष्ट एक्टीभिष्ट बम देवानको घरमा २०२६ देखि २०२८ साल सम्म बसेर धरानको महेन्द्र बहुमुखि क्याम्पस पढेका रत्नकुमार वान्तावाको माक्र्सबाद, लेनिनबाद र माओबादको प्रशिक्षण बम देवानको घरको धराने संगतबाट नै भएको थियो ।
धरानलाई पूर्वको संघाई भन्थे । विद्यार्थी वर्चश्व पनि भएको थियो । धरानमा छदा देखि नै माक्र्सवादी चिन्तनबाट र माक्र्सबादी सौन्दर्यशास्त्रबाट प्रभावित भै सकेका रत्नकुमार वान्तावा अन्याय अत्याचारको विरुद्ध बोल्ने । शोशित पिडीतहरुको पक्षमा बोल्ने । माक्सिम गोर्की, लुसुन किताबहरु मायकोब्स्कीहरुको किताबहरु त्यही घरमा बसेर अध्ययन गर्न पाए ।
बान्तावाको कम्यूनिष्ट राजनितिक प्राईमरी शिक्षामा बम देवानको योगदानमा उनको भनाईछ “ माक्र्सबादी सौन्दर्य शास्त्र र कम्युनिष्ट विचारधारातीर त निश्चय नै मैले आकर्षित गरको हुँ । अब त्यस प्राइमरीमा मैले नै रत्नकुमारलाई बर्गीय चिन्तनकोबारेमा मैले नै आर्कर्षीत गरेको हुँ ।”
धरानमा क्षमाको घर अम्मर हाटमा बसेर दुई बर्ष आईए पढ्नु उनको गरिबी थियो । दुई वर्ष धरान बसेर पढे पनि परीक्षा केन्द्र भने इलाम नै बनाएर इलाम आएर परीक्षा दिए र अनि आई ए पास गरे । रत्नकुमार वान्तावाको जीवनसंग बम देवानको यौटा संगत, त्यती मात्रै नभएर उनी काठमाण्डुमा बसेर बीएड पढ्दा बम देवानले बुर्जुवा शिक्षा त्यागेर सर्वहाराको नाममा आन्दोलित हुन लागेका थिए त्यही कोठा रत्नकुमारलाई जिम्मा लाएर आएका थिए ।
बम देवान धरान आएर शिक्षण पेशालाई संगठनको आधार बनाए अनि होमिए धनकुटा । रत्नकुमार वान्तावा भने झापाका इश्वर पोखरेलहरुसंगको संगतले अझ धेरै तिर्खाने काम ग¥यो । २०३३ साल अन्ततिर उनी पनि विएड सकाएर इलाम हानिए । इलाममा संगठन थियो । रत्न वान्तावाले केही समयमा इलामकै महेन्द्र क्याम्पसमा सात आठ महिना ज्यालादारीमा कलेज पढाए । अस्थायी या स्थायी केही नहुने षडयन्त्र भए पछि उनी पूर्णरुपमा पार्टीको काममा सहभागी हुने निर्णय गरे । अनि भूमिगत भएर गाँउ लागे । गाँउमा पार्टीको कामसंगै समाज परिर्वतन र विकाशको कामहरुमा लागि परे ।
२०३५ साल पुस ११ गते नेपाल कम्यूनिष्ट पार्टी स्थापना पछि रत्नकुमार वान्तावा केन्द्रिय सदस्य भए इलाममा अझ उनको चर्चा चुलियो । यही स्थापना दिवश मनाउँदै क्रान्तिको लागि संगठन गर्न ताप्लेजुङ हिडेकी शुशीला श्रेष्ठ रत्नकुमार वान्तवालाई महेशको रुपमा भेटीन ।
सुशिला श्रेष्ठलाई अहिले पनि त्यो पहिलोे भेटको सम्झना छ । “ईभाङ म अगम वान्तावासंग पुगेको बेला महेश आगनमा बसेर डोको बुन्दै हुनुहुन्थ्यो । उहाँ नै हो महेश उहाँ नै हो रत्न भनेर पनि थाहा थिएन । हामीलाई देखिसकेपछि उहाँले ढोका खोलेर भित्र राख्नुभयो । अनि अगमले महेश भनेर चिनाउनुभयो । रत्नले त्यो बेला भन्नुभयो ‘शहरको फुल गाँउ आउनु भएको छ । यहाँको झार जंगलसंँग अनि जंगलका जनावारहरुसंग जुद्धने शाहस कतिको छ कुन्नी ’ उहाँको प्रश्नसंगै संसय थियो । मैले उहाँलाई जवाफ पनि दिएको थिए । ‘म शहरमा बसे पनि भिरपाखामा नै जन्मेर हुर्केको हो । मैले काम गर्नसक्छु भनेर आँट बोकेर नै आएको छु ।’भनेर आफुलाई ब्यक्त गरे ।
त्यो बेलाको इलाम पाँचथर र ताप्लेजुङको पार्टी इन्चार्ज महेश (रत्नकुमार वान्तवा) नै थिए । झलनाथ खनाल जेल परि सकेका थिए । पार्टीको सम्पुर्ण जिम्मा रत्नकुमार वान्तवामा थियो । त्यही भएर ताप्लेजुङसम्म पु¥याउने जिम्मेवारी पनि उनकै थियो ।
शुशिला श्रेष्ठले क्रान्तिको लागि ताप्लेजुङमा संगठन निर्माण गर्नु थियो । नेपाल कम्यूनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी बनी सकेको थियो । यसको उद्देश्य पुरा गर्न सवैलाई संगठनमा आवद्ध गर्नु थियो । संगठन नै बल हो । संगठनमा नलागि कुनै पनि काम हामी गर्न सकिन्न भन्ने विश्वास उनलाई थियो । शुसिला श्रेष्ठ काठमाण्डौमा नै पार्टीमा संगठित भएर काम गरिसकेकी थिइन । त्यही भेट पहिलो र अन्तिम होला भनेर कस्ले सोच्छ जीवनको रंगहरु भर्खर जागृत भैरहेको थियो । जोश जाँगर अनि साहसले अनि क्रान्तिका रोमाञ्चकताले भरिएको त्यो पल पल नै रत्नकुमार वान्तावासँंगको सामिप्यतामा वितेको त्यो साता भरको शुशिला साक्षी बनिन ।
उनी भन्छिन “वान्तवाको इच्छा थियो । एक काँधमा बन्दुक बोक्ने अनि फस्र्ट एडको झोला बोक्ने यी दुवैकाम म एकै चोटी गर्छु भन्ने उहाँको रहर थियो । उसो त जब्बर भाला चलाउने, बन्दुक चलाउने कामहरुमा निकै पोख्त पनि हुनुहुन्थ्यो । उहाँ बेलका जुनेली रात भएको बेला भाला निकाल्ने अनि कसरी हान्नुपर्छ, कसरी बन्दुक चलाउने अनि कसरी बन्दुक खोस्ने हामीसँग त त्यतिबेला हात हतियार त थिएन । तर पनि छापामार यूद्धबाट हात हतियार खोस्नु पर्छ र एक इलाकाबाट एक गाँउ र एक जिल्ला गर्दे गाँउले शहरलाई घेर भन्ने थिम बनाएर हामी लागेका थियौ ।”
रत्नकुमार वान्तावा इलाममा आईसके पछि पार्टीको प्रभाव इलाममा मात्रै हैन देशब्यापी रुपमा फैलिएको थियो । एक त कलेज पढाउने सचेत यूवा भुमिगत जीवनमा गएकोले इलामको पंञ्चायत प्रशासन चौकन्ना भएको थियो । त्यही डरले रत्नकुमार वान्तावाको साथी तत्कालिन पंञ्चायतका वडा अध्यक्षका छोरा निमा शेर्मालाई चैत २४ गते हत्या ग¥यो ।
यता ईभाङमा भने भोलीपल्ट बर्षे धान रोप्ने पर्ममा रत्नकुमार वान्तावा गएका थिए । त्यती बेला नै शुशिलाले कामको प्रतिवाद गरेकी थिइन । ‘तपाईलाई खोजी राखेकोछ छ , तपाईकै नाममा निमा शेर्पालाई मा¥यो पनि भन्नु हुन्छ यस्तो खोजी हुने मान्छे तपाई किन यस्तो पर्म तीर जानुहुन्छ रु’ मैले रोक्ने कोशीस गरेको पनि हो । ‘तपाईहरु जानु हुन्छ भने म पनि जान्छु मलाई त कसैले चिन्दैन ।’ फेरी प्रश्न गरे । रत्नकुमारले जवाफमा ‘यो बस्ती चाही सबै राई वस्ती हो । तपाई नयाँ फेस भनेर चिनिन्छ । तपाई माथी अझ धेरै निगरानी बढ्छ त्यसकारण तपाई जानको लागि चाही सेक्योर छैन , म त यहाँका दाजुभाई उस्तै उस्तै हौ क्यारे मलाई असुरक्षा छैन ’ भन्नु भयो । भोली २७ गते ताप्लेजुङ जानुछ ।“
शुशिला श्रेष्ठको त्यो दिनको बकपत्र
“चैत्र २७ गते, रत्नकुमार वान्तावासंगको अन्तिम दिन हामीसंग त्यो ठाँउमा दस्ता पनि थियो । उहाँको भाई भनेर हामीलाई थाहा थिएन । त्यतीबेला उहाँलाई चाही अमर भनेर चिन्थ्यो । उहाँहरुसंग कुराकानी भयो । हामीले मिटिङ ग¥यौ । कति कुराहरु मैले बुझे कति मैले बुझिन । किनभने उहाँहरु बान्तवा भाषामा कुराकानी गर्दै हुनुहुन्थ्यो । इलामबाट ताप्लेजुङ जान अनि समय लाग्ने भएकोले त्यहाँको जिम्मेवारीहरु अरुलाई दिनु भयो । फेरी कस्तो खाल्को समय थियो भने बेलका बसी सकेपछि गितहरु गाउने मनोरञ्जन गर्नु पर्ने थियो त्यस्तो कार्यक्रम भएकोले रात निक्कै वितिसकेको थियो ।
भोलि विहान उठ्न अलि ढिलोभयो । मसंग जानेमा चाही कल्पना (राममाया राई) हो उहाँको भुमिगत नाम चाही , अगम अनि रत्नकुमार चार जना जाने भएका थियौ । विहान खाना पकाईदिई रहनु भएको रहेछ । हामीले खाना खायौ । मिर्मीरे उज्यालो थियो । त्यहाँ दुईवटा घर थियो कान्ला माथि र मुनी हामी कान्ला माथि थियो । त्यहाँबाट हामी बाटो लाग्यौ । त्यो ठाँउलाई आँपडाडा भन्छन क्यार । त्यहाँ ठूला ठूला आपका बोटहरु थिए । रत्नकुमार , कल्पना र म चाही उकालो लाग्यौ । उकालो लागे लगतै ओ¥हालो लाग्ने क्रममा उहाँसंग लौरो थिएन । सिमलीको लौरो काट्नु भयो । उहाँले कल्पनालाई भन्दै हुनुहुन्थ्यो । ‘तपाईले आप्mनो ठाँउ छोड्दै हुनुहुन्छ , क्रान्तिकारी भावनाले ओतप्रोत भएर हिड्दै हुनुहुन्छ , यो बेला तपाईको गाँउघरलाई एकफेर हेर्नुस है । ’ भन्नु भयो । यहाँबाट त अलिकति मात्रै देखिन्छ । अर्को ठाँउबाट हेर्दा चाही सबै देखिन्छ भन्नुभयो ।
लौरो काटिसकेपछि हामी ओ¥हालो झ¥यौ । ओ¥हालो झरी सकेपछि हामीले त्यहाँ यस्तो खाल्को घुम्ती रैछ । उकालो आउँदै गर्ने केही मान्छेहरुसंग हामी ओ¥हालो झर्ने तीन जनाको भेट भयो । जम्काभेट भयो । त्यो हुल भित्र हामी पसिसकेको थियौ । अगाडी अगाडी रत्नकुमार , पछाडी म थिए मेरो पछाडी चाही कल्पना थिइन । मैले यौटा मान्छेले देब्रे हातले हामी दाहिने पट्टीबाट झ¥यो । उनीहरु देब्रपटीबाट चडी रहेका थिए । यौटा मान्छेले देखायो उहाँलाई देखाएपछि रत्नलाई मैले कोट्याए । त्यो मानिसहरु त म कोही पनि चिन्दिनथे । उनीहरुले लामो लामो लठी पनि बोकेका थिए । कति ड्रेसमा थिए कति सिभिलमा थिए त्यसको एकीनमा मलाई थाहा थिएन । त्यतीबेला रत्नले मलाई जाँउ भनेर ईशारा गर्नुभयो । हामी जब पास पनि भयौ, उनीहरुले हामीलाई घेरा हाली हाले ।
घेरा हालिसकेपछि यौटा पुलिसले रत्नको हात समायो । हात समाए पछि उहाँले बल गर्नु भयो । उहाँले बल गर्नु भएपछि उहाँलाई मैले छुटाउनु पर्छ भन्ने अनुभव भयो । पुलिसको हात पर्नु हुँदैन भन्ने हाम्रो नीती थियो । जस्ले उहाँलाई समातेको थियो त्यसलाई मैले मेरो हातको लौरोले हिर्काए । हिर्काए पछि हात फुस्कियो । हात फुस्किएपछि उहाँ केही तल उहाँ जानु भएको थियो । त्यही बेला तुरुन्त फायर भयो ।
खाली उनीहरुले हात समायो । सायद हात बाँधेर राख्न खोजेका थिए होलान । सबै मानिस पनि चिनिन्दैनथ्यो । मिमिरे उज्यालो थियो । मैले हिर्काएपछि मलाई पनि हिर्कायो । मलाई हिर्काएको गोली पुलिसलाई लाग्यो । जसले मलाई लठी चार्ज गरेको थियो । मेरो पनि टाउको फोरियो टाउकोबाट रगत बगिरहेको थियो । म पनि लडे त्यसपछि रत्नकुमार बान्तावा पनि लड्नु भयो । रत्नकुमारलाई हानेको गोली उहाँलाई नै लाग्यो । मलाई क्रस भैसकेको मानिस मध्ये कसैले हान्यो जस्तो लाग्छ । मलाई पछाडी भएकोले हान्यो भन्ने लाग्छ । मलाई हानेको गोलि चाही म लडेको कारणले पछाडी पुलिसलाई लाग्यो । फाईरिङ निकै धेरै भयो । म ब्यूझीदा मेरो हात बाँधेको थियो उहाँ छटपटि रहनु भएको थियो ।
अगम बान्तावा अलि ढिलो अर्को बाटोबाट आउनु भयो । त्यो बाटो जोडिदो रहेछ । त्यो घटनाबारे उहाँले थाहा पाउनु भयो । उहाँले सेल्टर सुरक्षित गर्नुभयो । त्यहाँ भएको सामानहरु निकाल्नु भयो । त्यहाँ भएका साथीहरुलाई अर्को ठाँउ पठाउनु भयो । धेरै बेर पछि उहाँको प्राण गयो ।
प्राण गैसके पछि पनि धेरैबेरसम्म यिनीहरुको ठूलो नेता मारिएको हो । लाश खोज्न आँउछ । यिनीहरुसंग ठूलो शक्ति छ भनेर खासखास खुसखुस चर्चा मैले सुने । कल्पना त्यहाँको लोकल हुनुहुन्थ्यो । कल्पनाले त्योबेला घेराउ तोड्न सफल हुनुभयो । अगमले थाहा पाउनु भयो । उहाँ सेल्टर सुरक्षाको लागि जानुभयो । कल्पना स्थानिय भएकोले उहाँले घेराउ तोडन सफल हुनुभयो । जब उहाँ लड्नु भयो । त्यो बेला उहाँको मुख चाही चलि रहेको थियो । नजिक भएको भए त मसुन्थे होला । मलाई चाही भान भयो । क्रान्ति अधुरो रह्यो । उहाँले जहिले पनि क्रान्ति सफल बनाउने रातो टोपी लगाउने मिल्ट्रिको लुगा गलाउने अनि एक काँधमा बन्दुक बोक्ने हातमा फस्ट एडको झोला बोक्ने जनताको सेवा गर्ने उहाँको सपना थियो । सायद अन्तिममा यी सबै अधुरो रह्यो । क्रान्ति हाक्ने तपाईहरुको जिम्मा भनेको होर्की रु भन्नु भयो होला भनेर म कल्पना गर्छु । ”
तुरुन्त मेरो ओढ्ने वर्को तान्यो । जुन पुलिसलाई गोली लागेको थियो । त्यसमा त्यो पृुलिसलाई पोको पा¥यो । र खेती गर्न आउने किसानहरुलाई बोक्न लगाएर उपचारका लागि पठायो । तर उहाँलाई त लगेन , उहाँलाई पनि तुरुन्त उपचार गर्न पठाएको भए बाँच्थ्यो की । उनीहरुमा उ बाँचोस भन्ने त फिलिङ त थिएन । मार्ने नै योजना बनाएर आको थियो भन्ने मलाई लाग्छ । धेरै बेरमा उहाँको प्राण गयो । प्राण गैसकेपछि केही तल ल्याएर कुलोमा स्याउलाले पुरेर लाश राख्यो । लाश खोज्न आउँछ भनेर लाश लुकायो ।
उहाँसँग काठमाण्डौबाट पठाएको पत्रसाथै थियो । म टियूमा विद्यार्थी नै थिए नी । कार्ड देखाएर नै बसको टिकट काटेको हो । मैले झोलाहरु सवै निकाल्दा उहाँले मलाई सोध्नु भएको थियो । तपाईको परिचय हुने कुनै चीज छकी छैन भनेर सोध्नु भएको थियो । मसंग आईडी कार्ड छ भनेर भनेको थिए । फोटो चाही उहाँले राखेर आईडी कार्ड चाही च्यातेर आगोमा हाल्नुभएको थियो । उहाँसंग मेरो सहित केही फोटोहरु , काठमाण्डौबाट पठाएका पत्रहरु अनि अरु केही कागज पत्र मसँंग पनि थियो । उनीहरुले हात पारे । चिठी पढीसकेपछि उनीहरुले मलाई धेरै प्रश्नहरु गरे । तिमीहरुको दस्ता कहाँ छ रु तिमीहरुको हेडक्वाटर कहाँ हो देखि लगायत पार्टीका धेरै गतिविधिहरुको बारेमा र उहाँको बारेमा पनि मलाई प्रश्न गरियो । पुलिसहरुसँंग एक शब्द पनि कुनै सवाल जवाफ गरिन । उनीहरुको यौटै प्रश्नको पनि उत्तर दिइन । बाटोमा रत्नकुमारको लाशलाई अघि अघि लग्यो मलाई चाही पछि पछि लाग्यो ।
मैले सारी नै लगाएको थिए । हात पछाडी बाँधेको छ । सारी लाकोछ आ¥हालोमा त मलाई हिड्न गा¥हो भयो । मेरो पाइला त चलेन नचलेपछि इन्पेक्टर होला । उसले हात खोल्दे अलि छिटो हिड भन्यो । कहिलेकाही फकाउने , घाउमा डिटोल लगाईदिने । ‘तैले लठी नचलाको भए त हामीले पनि चलाउने थिएनौ नी भने पछि देउमाई खोलाको पुल ता¥यो । तरेर गै सकेपछि मंंगलबारे लागेको रहेछ । त्यो उकालो चढ्दा १२ बजिसकेको हुनुपर्छ । त्यहाँ यौटा चौतारा रहेछ । उहाँको लासलाई त्यही राख्यो । दुईचार जना पुलिस त्यही बस्यो । मलाई चाही बढाअध्यक्षको घरमा लगेर गयो । त्यो चाही दुसुनी रहेछ मलाई पछि थाहा भयो । उनीहरु भोकाएका पनि थिए । खानाको तरखरमा लागे उनीहरुले त्यहाँ जाँड साड खाए । उनीहरुले ड्रेसहरु चेन्ज गरे , बन्दुक विशाए , धारामा हात खुट्टा धुन थाले । अनि उनीहरु अलि निष्कृय भयो भन्ने मलाई पिलिङ भयो । मलाई एक पटक चाही प्रयत्न गर्नुपर्छ भन्ने लाग्यो ।
उठेर खोल्सा तिर लागे । खोल्सा तिर लागेपछि ए कहाँ जान्छस कहाँ जान्छस भन्यो । फर्केर मात्रै हेरे केही पनि बोलिन । जाँ दिसा पिसाब गर्छे होला । यौटा पुलिस म भए तिर आयो । आईसकेपछि मैले पुलिसलाई फर्केर भने ‘तिमीहरुलाई जनताले कुकुर भन्छ दिशा पनि खाने गरेकाछौ रु’ भनेर मैले भने । भनेपछि त्यो मान्छे त्यही अडियो । म खोल्सामा झरे । खोल्सामा झरी सके पछि मैले चाही के सोचेको थिए । म खोल्सै खोल्सा झर्छु खोला तिर सुरक्षित हुन्छु भन्ने मलाई लागेको थियो । त्यहाँ यस्तो ठूलो भिर रहेछ त्यहाँबाट मलाई तल झर्ने आँटै आएन । त्यसपछि मैले पारी नै तर्नु पर्ने भयो । पारी तरे उ वारी भो म पारी भए । खोल्सा पारी पुग्ने वितिकै म कुदे । उसले चाही भागी भनेर करायो । भाग्यो भने पछि पटट्् गोली चलाए । उनीहरुलाई खोल्सा नाघेर मलाई लखेटन उनीहरुलाई टाईम लाग्यो । म सल्लाघारीको जंगलमा पसे । जंगलपसि सकेपछि चाही कुद्दनलाई मलाई आँट आयो । तर हात खुटा काम्न थाल्यो अव रगत धेरै बगेको थियो । हात खुटा कामेकोले मैले कुधने आँट गरिन । कुद्दा उनीहरुले मेरो आवाज सुन्ने भएकोले मैले पनि कुधिन । त्यसपछि फेरी म त्यही जंगलको खोल्सामा पसे । मेरो लुगाको रंग चाही हरियो थियो । यौटा हरियो पोथ्रा थियो त्यो पोथ्रा म तिर नहाँए र ढुंंगाको चेपमा आफैलाई भित्र लुकाए ।
म त्यसरी बसी सकेपछि खोज्न त आयो जंगलमा उनीहरुले भेटेनन, म बाहिर निस्केपछि जंगलमा आगो लगाएका थिए । म कसरी सुरक्षित हुने भन्ने चाही चुनौति थियो । मैले बाँच्नको लागि कि उकालो जानु प¥यो कि आ¥हालो झर्नु प¥यो । मैले दुईवटा कुराहरु सोचे । मलाई आगो लागि हाल्यो भने पनि तल पानी छ खोलामा । खोलामा झरी सकेपछि सेल्टर भेटन पनि मलाई सजिलो हुनेभयो । त्यत्रो ठूलो जंगलमा पुलिसहरु छ्यापछयाप्ती थियो । त्यहाका किसानहरुलाई , गाँउलेहरुलाई आगो झोस्न लगाईरहेको थियो । आगोका पुल्ठा बोकेर जताततै आगो लगाई रहेका थिए । पुलको छेउवाट नै आगो सुरुवात भएको थियो । जस्ले चाही आगो झोस्दै थियो ति किसानहरुले मलाई देख्यो । तर उनीहरुले मलाई नदेखे जस्तो गरेपछि मलाई के फिलीङ भयो भने देख्दा लुके उनीहरुले नदेखेकोजस्तो गरेर अर्को तिर हिडी दियो । फेरी म हाम फालेर खोलाको किनारमा गएर ढुंंगाको कापमा नै लुकेर बसे । कापमा लुकेर बसिरहेको बेला पुलिसहरु ओहोर दोहोर गरिरहे । मृग जस्तै उफ्रेर हिडी यसले पनि गुरिल्ला तालिम लिएकी रहिछे । जंगलमा आगोे लगाएर जलेर मर्छे । दुईतीन दिनपछि आगो मर्छ अनि लाश खोज्नु जानुपर्छ भनेर कुरा गर्दै थिए ।
रात नपरुन्जेल त म त्यही लुकेर बसे । दुई रात तीन दिनसम्म पनि मैले सेल्टर थाहा पाउन सकिन । म राती होईन विहानै हिड्ने भनेर संकल्प गरे । विहानै यौटा घरमा पुगे । घरको महिलालाई सोध्दा यो गाँउ ईभाङ नै हो भने । ए म त ईभाङ मै पो रहेछु भन्ने लाग्यो । मैले सोधे मुलबाटो कहाँछ भनेर े। मुलबाटो चाही बरपीपलको डाडा देखाए हो भनेर भन्यो । म पछ्याएर हिडे । सेल्टरमा पुगेर मैले खान मागे हिजो पकाएको ढिडो रहेछ दही र ढिडो खान लाग्दा उहाँ सवै संझेर रुन थाल्नु भयो । त्यो ढिडो छिर्दै छिरेन । मेरो आत्मबल ले नै म सर्भाईभ भएको हो । फेरी पनि मेरो त जिम्मेवारी त ताप्लेजुङ नै हो । तर जान भने सकिएन । मेरो एक महिनाको इलाम बसाईमा भूमिगत भएर धेरै घुमियो ।
अहिले राष्ट्रिय राजनीतीमा नेता अशोक राईको जति चर्चा भै रहेकोछ, त्यती शुशिला श्रेष्ठको भएकै छैन, थाहा छैन । अहिले परिवारै राजनीतीमा होमिएको यो अवस्थामा धरानमा दुई पात्र कवि बम देवान र नेतृ शुशिला श्रेष्ठ धरान मै छन । दुबैको भेट हुनु पर्छ । इतिहासको त्यो संकल्प फेरी पनि सुरक्षित राख्नु पर्छ । यौटै समयको परिर्वतनका संवाहक बनेर निरन्तर हिडी रहेका पात्रहरु संवाद हुनुपर्छ ।
बम देवान भन्छन । “राजनीती र प्रेममा अझ भनौ युद्धामा जे गर्यो त्यो सही हुन्छ भन्छन् । उ धेरै क्रान्तिकारी त छदै थियो तर उ हद इमान्दार मानिस र इमान्दार मानिस ज्यादै खतरनाक हुन्छ । त्यसकारणले गर्दा त्यो आफैमा पनि खतरनाक हुन्छ । बर्गीय दुश्मनको लागि झन खतरा हुन्छ । त्यस्तो किसिमको इमान्दारीता र सत्यतालाई भौतिक रुपमा हटाउनु बाहेक अरु विकल्प हुँदैन । रत्नकुमार पनि त्यही भएको हो ।”
“अब अहिले चाही कस्तो रहेछ भने । सपना चाही जनतालाई देखाउने । तर त्यो सपनालाई निर्देश गरेर नेताहरु नहिड्ने । जनता सबैकुरा छोडेर क्रान्तिमा लागे तर नेताहरु स्वार्थी भए । त्यही स्वार्थले गर्दा देश बन्न सकेकोछैन । जनता मुक्तीको अभियानमा लाग्न सकेकोछैन । यो अब कहिलेसम्म लाग्ने हो थाहा छैन ।” वुडसाईड , न्यूयोर्क
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic