हात्तिसार क्याम्पसमा स्वर्ण महोत्सवको तयारी पुरा

  • चैत १४, २०७९
  • १०,९१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ चैत ः नेपालको एक मात्र खाद्य प्रविधिको पढाई हुने केन्द्रीय प्रविधि क्याम्पस धरानले स्वर्ण जयन्ती मनाउने तयारी पुरा गरेको छ ।

२०३० सालमा स्थापना भएको क्याम्पसले ५० वर्ष पुरा गरेको सुखद उपलक्ष्यमा स्वर्ण जयन्ती मनाउने तयारी पुरा गरेको हो ।

स्वर्ण जयन्तीका अवसरमा यस अघि विभिन्न खेलकुद लगायतका कार्यक्रम सम्पन्न भई सकेको सहायक क्याम्पस प्रमुख वबिता अधिकारीले वताइन् ।

अधिकारीका अनुसार वुधवार (भोली) विहान प्रभात फेरी र दिउसो स्थापना कालका संचालकहरुसंग अन्र्तक्रिया कार्यक्रम लगायत सास्कृतिक कार्यक्रमहरु संचालन हुनेछ ।

सो अवसरमा क्याम्पस परिसारमा वर्तमान क्याम्पस प्रमुख दिलकुमार लिम्वुले आफ्नो पिता हिम लिम्वु र माता टिका लिम्वुको स्मृतिमा निर्माण गरीएको घण्टाघरको उद्घाटन, ६५ जना विद्यार्थीहरुको क्षमता भएको ३ करोड १७ लाखमा निर्मित छात्रवासको उद्घाटन, स्मारीका विमोचन लगायतको कार्यक्रमहरु संचालन हुने अधिकारीको भनाई रहेका छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्र्तगत नेपालको एक मात्र खाद्य प्रविधि सम्वन्धि पढाई हुने क्याम्पसको रुपमा रहेको सो क्याम्पसमा सुक्ष्म जीव विज्ञान,पोषण तथा आधार विज्ञान,भौतिक शास्त्र,प्राणी शास्त्र,वनस्पति शास्त्र, तथ्याङ्क शास्त्र,रशायन शास्त्र,भुगर्व शास्त्र,सुचना प्रविधि, कम्प्युटर विज्ञान तथा सुचना प्रविधि जस्ता विषयहरुमा स्नातक तथा सुक्ष्म जीव विज्ञान विषयमा भने स्नातकोत्तर तहसम्मको शैक्षिक कार्यक्रमहरु संचालन हुदै आएको छ ।

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic