हिविसकस स्कुलमा विद्यार्थीहरुलाई मःमः बनाउने तालिम

  • चैत १५, २०७९
  • ४,५०६ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१७ चैतः हिविसकस इड्लिस वोडिड. स्कुल धरान १५ ले विद्यार्थीहरुलाई मःमः बनाउने तालिम आयोजना गरेको छ ।

स्कुलले कक्षा ८ का २३ जना विद्यार्थीहरुलाई मःमः बनाउने तालिम दिएको हो ।

विद्यार्थीहरुलाई कितावी ज्ञानको अतिरिक्त व्यवहारीक ज्ञान समेत दिने उदेश्यले कार्यक्रमको आयोजना गरीएको स्कुलकी प्रिन्सिपल पार्वति लिम्वुले जानकारी दिइन ।

विद्यार्थीहरुलाई विद्यालयकी शिक्षिका सपना साहले तालिम दिएकी थिइन । विद्यार्थीहरुलाई मःमः बनाउने तालिम र सेवा दिने विषयमा तालिम दिइएको तालिम प्रशिक्षक साहले जानकारी दिइन ।

अभिभावकको साथमा विद्यार्थीहरुलाई तालिम दिदा पाउदा खुशी लागेको प्रिन्सिपल लिम्वुको भनाई रहेको छ ।अभिभावक,विद्यार्थी र शिक्षकहरुवीचको सहकार्यले पारस्पारीक सम्वन्ध कायम हुनुका साथै एक अर्कामा दरीलो विश्वास वढने विद्यालयका निर्देशक गंगाराम राईको भनाई रहेको छ ।

विद्यालयमा कितावी ज्ञानका अतिरीक्त पारीवारीक र व्यवहारीक अनुभव एवम् शिक्षा पाउदा खुशी लागेको कक्षा ८ की निवा मावो लिम्वुले बताइन ।

पछिल्लो समय हिविसकस स्कुलले पढाईका अतिरीक्त क्रियाकलापमा निकै ठूलो फड्को मार्दैै आएको छ ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic