हिविसकस स्कुलमा विद्यार्थीहरुलाई मःमः बनाउने तालिम

  • चैत १५, २०७९
  • ४,४३० पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१७ चैतः हिविसकस इड्लिस वोडिड. स्कुल धरान १५ ले विद्यार्थीहरुलाई मःमः बनाउने तालिम आयोजना गरेको छ ।

स्कुलले कक्षा ८ का २३ जना विद्यार्थीहरुलाई मःमः बनाउने तालिम दिएको हो ।

विद्यार्थीहरुलाई कितावी ज्ञानको अतिरिक्त व्यवहारीक ज्ञान समेत दिने उदेश्यले कार्यक्रमको आयोजना गरीएको स्कुलकी प्रिन्सिपल पार्वति लिम्वुले जानकारी दिइन ।

विद्यार्थीहरुलाई विद्यालयकी शिक्षिका सपना साहले तालिम दिएकी थिइन । विद्यार्थीहरुलाई मःमः बनाउने तालिम र सेवा दिने विषयमा तालिम दिइएको तालिम प्रशिक्षक साहले जानकारी दिइन ।

अभिभावकको साथमा विद्यार्थीहरुलाई तालिम दिदा पाउदा खुशी लागेको प्रिन्सिपल लिम्वुको भनाई रहेको छ ।अभिभावक,विद्यार्थी र शिक्षकहरुवीचको सहकार्यले पारस्पारीक सम्वन्ध कायम हुनुका साथै एक अर्कामा दरीलो विश्वास वढने विद्यालयका निर्देशक गंगाराम राईको भनाई रहेको छ ।

विद्यालयमा कितावी ज्ञानका अतिरीक्त पारीवारीक र व्यवहारीक अनुभव एवम् शिक्षा पाउदा खुशी लागेको कक्षा ८ की निवा मावो लिम्वुले बताइन ।

पछिल्लो समय हिविसकस स्कुलले पढाईका अतिरीक्त क्रियाकलापमा निकै ठूलो फड्को मार्दैै आएको छ ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic